कोभिड १९ बिरूद्वको खोप कोभिशिल्ड खोप लगाउने समय २ दिन थप


बरिष्ठ जनस्वास्थ्य अधिकृत चेतन निधि वाग्ले र उहांको समुह ।

मिलन श्रेष्ठ
८ फागुन,सुर्खेत । कोभिड १९ बिरूद्वको खोप कोभिशिल्ड खोप लगाउने अभियान २०७७/२०७८ को पहिलो चरणको दोस्रो प्राथमिकतामा रहनु भएका लक्षित समुहका व्यक्तिहरुलाई यहि फागुन २ गते देखि शुरु गरिएको खोप अभियानमा २ दिन थप गरिएको छ ।

बरिष्ठ जनस्वास्थ्य अधिकृत चेनत निधि वाग्लेका अनुशार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको फागुन ७ गते बसेको बैठकले उक्त निर्णय गरेको हो । उहांले भन्नु भयो २०७७ साल फागुन ७ गतेको निर्णय अनुशार पहिलो चरणको खोप लगाउने संख्या अझै बांकि रहेकाले फागुुन १० गते सोमबार सम्म उक्त खोप लगाउने र यहि फागुन २३ गते देखि ५५ बर्ष माथिका उमेर समुह मध्ये खोपको उपलब्धताको आधारमा पहिलो प्राथमिकतामा ६० बर्ष माथि र क्रमशः सो समुहका सबै व्यक्तिहरुलाई खोप लगाउने गरी तयारि समेत रहेको छ ।

यसै गरि कोभिड १९ बिरूद्वको खोप कोभिशिल्ड खोप लगाउने अभियान २०७७/२०७८ को पहिलो चरणको दोस्रो प्राथमिकतामा रहनु भएका लक्षित समुहका व्यक्तिहरुलाई यहि फागुन २ गते देखि शुरु गरिएको खोप अभियान अन्तर्गत शनिवार सम्म ३ हजार ३ सय ८८ जनाले खोप लगाई सक्नु भएको छ, जुन ५५ प्रतिशत हो भने उक्त प्रतिशतमा बृद्धि गरि ८० प्रतिशत सम्म पुर्याउने लक्ष्य रहेको छ ।