
पुस,१४ सुर्खेत । बिगत केहि समय यता कर्णाली प्रदेशको राजधानीमा रगतको अभाव देखिन थाले पछि शनिवार(आज) रक्तदान नै जीवन दान भन्ने मुल उद्धेश्यका साथ होटल व्यवसायी संघ सुर्खेतको आयोजना तथा जेनुन टेक्निकल इष्टिच्युटको समन्वयनमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
होटल व्यवसायी संघ सुर्खेतका अध्यक्ष्ँ गोेरख रावतको अध्यक्षता, वीरेन्द्रनगर नगरपालिका वडा नं.०६का अध्यक्ष मोती प्रसाद कडेंलको प्रमुख आथित्यता तथा सुर्खेत उधोग वाणिज्य संघका अध्यक्ष धनबहादुर रावतको बिशेष आथित्यमा कार्यक्रम सम्पन्न भएको हो ।
रक्तदान कार्यक्रमका अध्यक्ष रावतले रगत दान गर्नु जीवनमा सबै भन्दा पून्य कार्य भएको भन्दै , अन्य सामाजिक क्षेत्रमा कार्यरत विभिन्न संघ संस्थाहरुले रक्तदान गर्दे आईरहेता पनि कर्णाली प्रदेशमा रगत अभावका कारण कसैले अकालमा ज्यान गुमाउन नपरोस भन्नका लागी होटल व्यवसायी संघले रक्तदान कार्यक्रमको आयोजना गरिएको बताउनु भयो ।
श्निवार सम्पन्न रक्तदान कार्यक्रममा कार्यक्रममा अध्यक्ष गोरख रावत, तिर्थराज अधिकारी, शिवराज लामिछाने, मिलन चौलागाई र राजन शाहीले रक्तदान गर्नु भएको थियो ।



Milan Shrestha । १४ पुष २०७५, शनिबार २२:०३ बजे