पाण्डबको उपचारका लागि रकम संकलन हुने क्रम जारी


पौष ८, कालीकोट ।

सुमधुर स्वरका धनि राष्ट्रिय लोक तथा देउडा गायक पाण्डव विष्टको उपचारका लागि रकम संकलन गर्ने अभियानले तिब्रता पाउन थालेको छ । बिगत केही समय अघि देखि ढाडको बिरामले थलिएका गायक बिष्टको उपचारका लागि उनको जन्म जिल्ला कालीकोट रकम संकलनको अभियानलाई तिब्रता दिइएको हो ।

कलिलो उमेर तत्कालिन जनयुद्धमा सामेल भई कलाकारको नेतृत्व गरेका सुमधुर स्वरका धनि बिष्टको घरको आर्थिक अबस्था पनि कमजोर भएका कारण उनीमा भएको बहुप्रतिभालाई बचाई राख्न बिष्टको भलो चाहानेहरुले उपचारका लागि रकम संकलन अभियान सञ्चालन गरेका हुन् ।

सबैखाले गीतहरु गाउन सक्ने बहुप्रतिभाका धनि पाण्डबले देउडा गीतमा त एकछत्र राज गरेको बिगतलाई स्मरण गर्दै आगामी दिनमा पनि त्यो कलाका आबस्यकता हुने भएकाले सहयोग रकम संकलन गर्न थालिएको र सबैले मन खोलेर गायक बिष्टको उपचारका लागि रकम संकलन भइरहेको पत्रकार पुष्पराज भट्टराईले बताउनु भयो ।

सयौं गीतहरुमा स्वर दिएर चर्चाको शिखरमा पुगेका गायक बिष्ट यतिबेला काठमाण्डौमा छट्पटिन बाध्य भएका छन् भने उनको ढाडको उपचारका लागि सहयोग रकम संकलन हुने क्रमले पनि निरन्तरता पाइरहको छ ।