सिडिओ र पुलिसले नै मन्त्री नचिनेपछि…


16939662_1632421003451581_5439322365762186212_nविराटनगर: शनिबार बिहान १०:३० बजे बुद्ध एयरको विमान विराटनगर विमानस्थलमा अवतरण गर्‍यो। परिचारिकाले यात्रु ओह्राल्न विमानको ढोका खोलिन्। ढोका खुलेसँगै एकजना वृद्ध मानिस अफ्ठ्यारो गर्दै ओर्लिए। उनीसँगै नेपाली सेनाका सुरक्षाकर्मी पनि थिए।

ती व्यक्ति गोडा खोच्याउँदै विस्तारै विमानस्थलको भीआईपी कक्षतिर अघि बढे। भीआईपी कक्ष बाहिरको परिसरमा निकै भीडभाँड थियो। कसैले ती वृद्धलाई वास्ता गरेनन्। सबै आ-आफ्नै सुरुमा गफिदै थिए। ती वृद्ध व्यक्ति लुसुक्क भीआईपी कक्ष छिरेर शौचालयतिर लागे।

ती वृद्ध व्यक्ति भीआईपी कक्षतर्फ आई रहँदा परिसरमा पूर्वक्षेत्र प्रहरी कार्यालयका डिआइजी रमेश भट्टराई, राष्ट्रिय अनुसन्धानका एसपी विमल डंगोल, उद्योग संगठन मोरङका अध्यक्ष मुकेश उपाध्याय, पर्यटन व्यवयसायी भविस श्रेष्ठ,उद्योगी नन्दु राठीलगायत विराटनगरका ‘लब्धप्रतिष्ठितहरु’ को ठूलो भीड थियो।

वृद्ध भीआईपी कक्षतर्फ प्रवेश गरेपछि बाहिर गाईंगुईं चल्यो, ‘उहाँ त श्रममन्त्री सूर्यमान गुरुङ पो हुनुहुँदो रहेछ।’ बाहिर उभिएका नेपाल प्रहरी केही अर्लट भए। भीआइपी कक्ष प्रवेश गरेका गुरुङ सोझै शौचालय पसे। सिडिओ र एसपी हत्तपत्त उठ्दै दुवैले एकसाथ भने, ‘ए होर !’।

विमानस्थलको सुरक्षार्थ खटिएका नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान, नागरिक उड्यनका कर्मचारी र सादा पोसाकका सुरक्षाकर्मीको पनि बाक्लै उपस्थिति थियो। ती वृद्ध भीआईपी कक्षतर्फ प्रवेश गरेपछि बाहिर गाईंगुईं चल्यो, ‘उहाँ त श्रममन्त्री सूर्यमान गुरुङ पो हुनुहुँदो रहेछ।’ बाहिर उभिएका नेपाल प्रहरी केही अर्लट भए। भीआइपी कक्ष प्रवेश गरेका गुरुङ सोझै शौचालय पसे।

त्यही मौका छोपेर प्रेस युनियन मोरङका अध्यक्ष मीनकुमार नवोदितले प्राय ‘भीआईपी आउँदा बस्ने पूर्वपट्टीको सोफासिटमा’ बसेका मोरङका सिडिओ यज्ञराज कोइराला र मोरङ प्रहरीका एसपी सन्दीप भण्डारीलाई जानकारी गराउँदै भने, ‘भीआइपीको सवार भएको रहेछ, उहाँ श्रममन्त्री सूर्यनाथ गुरुङ पो हुनुहुँदो रहेछ।’ सिडिओ र एसपी हत्तपत्त उठ्दै दुवैले एकसाथ भने, ‘ए होर !’।

केही क्षणमै गुरुङ शौचालय बाहिर निस्किए। सिडिओ कोइरालाले झट्टपट्ट आफ्नो परिचय दिँदै मन्त्रीको स्कर्टिङको लागि इन्सपेक्टरलाई निर्देशन दिएको सुनाउन भ्याए। गुरुङसँगै आएका नेपाली सेनाका सुरक्षाकर्मीलाई सजिलो गरी लैजान आग्रह गरे। लगत्तै डिआइजी रमेश भट्टराई र राष्ट्रिय अनुसन्धानका एसपी विमल डंगोल ‘नमस्कार हजुर’ भन्दै मन्त्रीका अगाडि आए। मन्त्री गुरुङ मुसुक्क हाँसे अनि सोफामा गएर बसे।

शनिबार विराटनगर एक्पोको सन्दर्भ पारेर विराटनगरबाट ‘माउन्टेन फ्लाइट’को शुभारम्भ गर्न अतिथिहरु भेला भएका थिए। काठमाडौ विमानस्थलले भीआईपीको सवारी हुँदैछ भन्‍ने जानकारी नदिँदा मन्त्री आउँदा अन्यौल भएको थियो।

विशेष सुरक्षामा खटिने सुरक्षाकर्मीले भीआईपीको आवागमनको विषयमा सम्बन्धित निकायका नेतृत्वलाई जानकारी गराएका थिएनन्। अरुबेला मन्त्री आउँदा फूलमाला लिएर लावालस्करसहित विमानस्थलको भीआईपी कक्ष र परिसरमा जुलुस गर्ने पार्टीका नेता तथा कार्यकर्ता शनिबार मन्त्री गुरुङको स्वागत गर्न एकथुँगा फूलसमेत लिएर गएका थिएनन्।

मन्त्री गुरुङले तेह्रथुममा आयोजना हुने कार्यक्रममा सहभागी हुन आएको जानकारी दिए। उनले भने,’आज बसन्तपुर पुगेर भोलि तेह्रथुम पुग्छु।’ उनले स्थानीय निर्वाचन मिति तोकिएकोले अब मधेशी मोर्चा पनि सहभागी भई निर्वाचन सफल हुने बताए।

साभारः अन्नपूर्णपोष्ट