अग्नी पीडितलाई ७ लाख ६० हजारको राहत



कालीबहादुर मल्ल
कालिकोट पुस १५ । पलाँता गाउँपालिका खाडामा आगलागिवाट पीडित भएकाहरुको लागि इगरब्रिज माध्यमिक बिद्यालय सुर्खेतले संकलन गरेको राहत आइतबार जिल्ला प्रशासन कार्यालय कालिकोटलाई हस्तान्त्रण गरेको छ ।

बालक्लव र शिक्षकद्वारा संकलित ७ लाख ६० हजार बराबरको राहत सामाग्री कालिकोट नागरिक समाज, प्रेस संगठन नेपालको समन्वयमा इगरब्रिज मावि सुर्खेतका प्रिन्सिपल दिपेन भुसालले जिल्ला प्रकोप उद्दार समितिका संयोजक एवम सहायक प्रमुख जिल्ला अधिकारी राजकुमार दुलाललाई हस्तान्त्रण गर्नुभएको हो ।

राहत सामाग्रीहरुमा चामल, चिउरा, दाल, चाउचाउ लगाएत खाद्यान्न र डसना, झोला, गलबन्दि, साडी, लुङगी, कुर्ता, ज्याकेट लगाएतका लत्ता कपडा रहेको बिद्यालयका प्रशासन प्रमुख तृष्णा न्यौपानेले बताउनुभयो । उहाँका अनुसार स्कूल ड्रेस, जुत्ताचप्पल, टिर्सट, व्याङ्केट तथा मास्क समेत हस्तान्त्रण गरिएको छ ।

हस्तान्त्रण गरिएको सामाग्री तत्काल अग्नि पीडितहरु समक्ष पुर्याइने सहायक प्रमुख जिल्ला अधिकारी दुलालले प्रतिबद्धता गर्नुभयो । पीडितहरुका लागि राहत सामाग्री पुर्याउन गाडि पुग्ने ठाँउसम्मका लागि ढुवानी भाडाको ब्यवस्था गरिएको छ ।

कालिकोटको पलाँता गाउँपालिका- १ खाडा गाउँस्थित न्यौपाने गाँउ गत पुस ८ गते राति भिषण आगलागि भएपछि जलेर नष्ट भएको थियो ।