कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले औचित्य र आवश्यकताका आधारमा प्रदेशका मन्त्रालय तथा निकायहरुको पुर्नसंरचना आवश्यक रहेको बताउनुभएको छ । प्रदेश संरचनाबारे नागरिकस्तरमा समेत नकारात्मक टिकाटिप्पणी उठन थालेको बताउँदै मुख्यमन्त्री कँडेलले प्रदेश संरचनाको औचित्य साबित गर्न पनि प्रदेश अन्तरगतका मन्त्रालय तथा निकायहरुको बैज्ञानिक पुर्नसंरचना आवश्यता रहेको धारणा राख्नुभएको हो ।
कर्णाली प्रदेश सरकारले गठन गरेको मन्त्रालय तथा कार्यालयको पुर्नसंरचनाको प्रतिवेदनलाई लिएर प्रदेशमा कार्यरत आयुर्वेद स्वास्थ्य चिकित्सकले आफना सरोकारका विषयहरु राख्दा मुख्यमन्त्री कँडेलले समितिको सुझाव प्रतिवेदन हाल अध्ययन भइरहेको र यसका राम्रा पक्षलाई क्रमशः कार्यान्वयन गर्दे लैजानुपर्ने बताउनुभयो । आयुर्वेद चिकित्सकहरुसँगको छलफलमा मुख्यमन्त्री कँडेलले प्रशासनिक पुर्नसंरचना हुँदा हाल कार्यरत कर्मचारीको बृति विकासमा बाधा पर्न नदिइने विषयमा सरकार सचेत रहेको जानकारी दिनुभयो ।
प्रदेश सरकारलाई बुझाएको प्रतिवेदनलाई लिएर प्रदेशका कर्मचारीहरु भयवित नहुन पनि मुख्यमन्त्री कँडेलले सुझाव दिनुभयो । उहाँले भन्नुभयो, ‘कर्णालीमा सेवा गर्न आउनु भएको छ, तपाईहरुको बृति विकासमा कुनै पनि बाधा हुने काम सरकारले गर्देन, भयवित बनाउन खोजिएको छ,तपाईहरु भयवित नहुनुहोस ।’ मुख्यमन्त्री कँडेलले समितिले सरकारलाई बुझाएको प्रतिवेदन हुबहु नभई त्यसका राम्रा र सकारात्मक पक्षलाई क्रमशः कार्यान्वयनमा लैजाने गरि सरकारले छलफल चलाउने जानकारी पनि दिनुभयो । उहाँले समयको माग र आवश्कतालाई दृष्टिगत गरि ढिलो चाँडो संरचनाहरु पुर्नंसंरचना गर्ने पर्ने भएकोले त्यसतर्फ सबैको सहयोगको आवश्यकता जरुरी रहेको बताउनुभयो ।
मुख्यमन्त्री कँडेलले प्रदेशले अरुको नक्कल भन्दा आफनै प्रदेशको यर्थाथता र आवश्यकताका आधारमा आफना संरचनाको विकास र पुर्नसंरचना गर्नुृपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ’कुनैबेला व्यक्ति व्यवस्थापन गर्न झ्यालमा झ्यालमा मन्त्रालयको साइनबोर्ड झुण्डयाएर विकृति भित्रिने काम गरियो, त्यसले समग्र प्रदेशको औचित्यमाथि नै प्रश्न उठायो, अव त्यस्ता विषयलाई पुनराबुति नहुने गरि हामीले सोच्नैपर्छ ।’ प्रशासनिक पुर्नसंरचनाका सम्बन्धमा यसअघि पनि सरकारलाई प्रतिवेदन बुझाइएको आफू
ले सुनेको तर सार्वजनिक नभएको बताउँदै मुख्यमन्त्री कँडेलले यसपटक सबैले थाहा पाउन सक्ने गरि प्रतिवेदनलाई सार्वजनिकरण गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘प्रतिवेदन सुझाव हो, राम्रा र कार्यान्यवन योग्य विषयहरु लिन सकिन्छ, लुकाउनुपर्ने कुनै कारण छैन।’ मुख्यमन्त्री कँडेलले प्रदेशका संरचनालाई चुस्त, दुरुस्त र प्रभावकारी बनाउन पुर्नसंरचना गर्दा सरोकारवालासँग व्यापक छलफल गरिने समेत जानकारी दिनुभयो ।



Prawash Kumar Shakya । १० श्रावण २०८२, शनिबार २१:११ बजे