
लायन्स इन्टरनेशनल डिष्ट्रीक ३२५एन एरिया नं ३ को मेल्भिन विविन्न कार्यक्रम गरि जोन्स सप्ताह कार्यक्रम सम्म्पन्न भएको छ ।
लायन्स इन्टरनेशनलका संस्थापक मेल्भिन जोन्सको जन्मोत्सवमा विश्वभर रहेका लायन्स क्लबहरुले (७ देखी १३ जनवरी) सम्म सप्ताहव्यापी सेवाका कार्यक्रम गरेर मेल्भिन जोन्स सप्ताहका रुपमा मनाउने लायन्सको परम्परा अनुसार लायन्स इन्टरनेशनल डिष्ट्रीक ३२५एन एरिया नं ३ अन्तर्गतका सम्पुर्ण क्लबहरुले विभिन्न सेवाका कार्यक्रम गरेर सप्ताहाव्यापी कार्यक्रम २३ देखि २९ पौष २०८१ तदनुसार (७ देखी १३ जनवरी २०२५) सम्म कार्यक्रम गर्ने एरियाको निर्णय अनुसार सप्ताहको समुत्घाटन कार्यक्रम तथा शैक्षीक सामाग्री सहयोग कार्यक्रम लायन्स क्लबहरु सुर्खेत गंगामाला, सेरेफेरो, बुलबुले लगायतको संयुक्त सहकार्यमा बादी सोकार मंच सुर्खेतमाबाट सुरुवाद भयो र सप्ताहका सबै दिनमा विभिन्न क्लबहरुले एकल तथा सहकार्यमा विभिन्न सेवाका कार्यक्रम संचालन गरेका छन् २०८१ पौष २४ गते दोश्रो दिन गंगामाला देउतीबज्यै मन्दीर परिसर सरसफाई गरिएको थियो ।
त्यस्तै पौष २५ गते श्री अमरज्योती मा.वी नेवारेमा रहेका विध्यार्थीहरुलाई न्यानोकपडा वितरण गरियो भने सप्ताहको चौथो दिन विरेन्द्रनगर ३ सुर्खेतमा रहेको साउथ एसियन स्कलर्स एकेडेमीमा रहेका विध्यार्थीहरुलाई डा. के.एन पौडेल र डा. नमोबुद्ध शाक्यको सहजीकरणमा क्यान्सर सम्बन्धी सचेतना कार्यक्रमको आयोजना सम्पन्न भयो र सोहि दिन श्री सरस्वती प्रा.वी. विरेन्द्रनगर १ सुर्खेतमा लायन्स क्लब अफ दोभानचौरले खेलकुद सामाग्री वितरण गरेको थियो सप्ताहको पांचौ दिन लायन्स क्लब अफ सुर्खेत गंगामाला र गुरांसको संयुक्त आयोजनामा दन्त परिक्षण सिविर आयोजना गरि १४५ जनाको निशुल्क दांत जांच गरिनुका साथै आवश्यक औषधी वितरण गरीएको र सोहि दिन विरेन्द्रनगर १० मा रहेको श्री मदरसा मदीना मा.वी. मा लायन्स क्लब सुर्खेत शिद्वपाइला निशुल्क निशुल्क दन्त परिक्षण शिविर, लायन्स क्लब दैलैखले जिल्ला अस्पताल दैलैखमा रहेका विरामीहरु लाई फलफुल वितरण कार्यक्रम गरेको थियो ।
पौष २८ गते लायन्स क्लब सुर्खेत कांक्रेबिहारले विरेन्द्रनगर ७ सुर्खेत, इत्राममा विध्यार्थीलाई न्यानोकपडा वितरण कार्यक्रम गरेको छ । मेल्भिन जोन्स सप्ताहका २०२५ को अवसरमा सप्ताहको अन्तीम दिन १३ जनवरी मा मेल्भिन जोन्सको जन्मदीन रहेकोले सो दिन लायन्स इन्टरनेशनल डिष्ट्रीक ३२५एन एरिया नं ३ अन्तर्गतका सम्पुर्ण क्लबहरुको सहकार्यमा विरेन्द्रचोक सुर्खेतमा बृहत रक्तदान कार्यक्रमको आयोजना तथा सप्ताहको औपचारीक समापन कार्यक्रम लायन्स इन्टरनेशनल डिष्ट्रीक ३२५एनका डिष्ट्रीक एकजुकेटीभ चिफ कमल नेपालको प्रमुख आतत्यिथा र मेल्भीन जोन्स सप्ताह २०२५ एरीया नं ३ का कार्यक्रम संयोजक ला. कृष्ण प्रसाद ढकालको अध्यक्षतामा सम्पन्न भएको जानकारी लायन्स क्लब अफ गंगामालाका अध्यक्ष तथा मेल्भीन जोन्स सप्ताह २०२५ एरीया नं ३ का सदस्य ला.राजबहादुर शाहले जानकारी दिनुभयो ।
Prawash Kumar Shakya । २९ पुष २०८१, सोमबार १८:५९ बजे