राष्ट्रगुरु योगि नरहरिनाथका प्रचारक बने बिष्ट


पौष १८, सुर्खेत ।

राष्ट्रगुरु योगि नरहरिनाथका प्रचारक रत्नकमल बिष्ट साँस्कृतिक जागरण मार्फत सामाजिक रुपान्तरण गर्ने महान अभिलाषा सहित राष्ट्रगुरु योगि नरहरिनाथको ज्ञानलाई बिश्वब्यापी गर्दै नरहरिनाथलाई बिश्वजनमानस समक्ष पुगाउने महान् उद्येश्य बोकेर गाँउगाँउमा नरहरिनाथको ज्ञानले देशमा पुगाएको योगदानको चर्चा गर्न ब्यस्त छन् ।

राजा पृथ्वीनारायण शाहले एकीकरण गरेको गोर्खा राज्य नेवारको नामबाट नेपाल देश रहन गएको यो मुलुकलाई राजा महेन्द्रले डिजाइन गरेर देशलाई अन्तराष्ट्रिय स्वरुप दिएको तथा योगि नरहरिनाथले लेखेको इतिहाँस र ज्ञानबाट बनेको सिङ्गो नेपाल देश हो बिष्टको तर्क छ । गोर्खाराज्य बनाउने महान् अभियान बोकेका महायोगि नरहरिनाथको मानवबाद र बौद्धिक साम्यवादी बिचार आदर्श र दर्शनलाई आत्मसाथ गर्दै, सिन्धु सभ्यता बोकेको यो गोर्खाराज्यको कला, साहित्य, ज्ञान, गणित, शिल्प, भाषा, सभ्यता, शैली र सँस्कृतिको अध्ययन गर्दै, महान् गुरु योगि नरहरिनाथको बिश्व प्रचार गर्ने महान अभिलाषा बोकेका रत्नकमल बिष्ट अहिले गाउँगाँउमा साँस्कृतिक जागरण मार्फत सामाजिक रुपान्तरणका लागि लागि परेकाछन् ।

इतिहाँसको अपब्याख्या गरेर हाम्रो सामाजिक सद्भाव र मुल्य मान्यतालाई गलत परिभाषित गरेर समाजमा भष्ट गर्ने नेपाली बिद्धानहरुले देश बिगारेको आरोप लगाउँदै बिदेशीका किताब पढेर बिदेशी बिचारमा रुमलिने नेपालका राजनैतिक दलहरु क्रिष्चियनको रुप धारण गरेकोमा उनी दुख ब्यक्त गर्छन् । पहिलेदेखि चलिआएको मौलिक लोक सँस्कृति, कला, ज्ञान ध्यान, शिल्प गणितलाई बिर्गार्ने समाजका अराजक बादीहरुलाई गुरु नरहरिनाथको ज्ञान दिने र बिश्व बासीलाई नरहरिनाथका वाणी सुनाउँदै सुसँस्कृत सभ्य र समुन्नत समाज निर्माण गर्ने महान सपनामा आफू लागेको बिष्टको भनाई छ ।