१७ चैत, सुर्खेत । प्रगतिशील लेखक सङ्घ नेपाल कर्णाली प्रदेश अध्यक्षमा गिरिप्रसाद बुढा चयन हुनुभएको छ । सङ्घको आज वीरेन्द्रनगरमा भएको पहिलो प्रदेश सम्मेलनले बुढालाई अध्यक्षमा चयन गरेको हो । प्रदेश कार्यसमितिका उपाध्यक्षमा युद्धविक्रम शाही, महिला उपाध्यक्षमा सीता यरी, सचिवमा हरिलाल महतारा, सहसचिवमा धीरेन थापा र कोषाध्यक्षमा विष्णु महतारा तथा सदस्यमा टीकाप्रसाद पोखरेल, पूर्णबहादुर शाही, पृथ्वीबहादुर सिंह, पूर्ण समीर, थानेश्वर लामिछाने, सिद्धबहादुर खड्का, रगवीर विश्वकर्मा, अजबहादुर गिरी, भरतप्रमोद दाहाल, यामराज शर्मा, मायाराम न्यौपाने, हस्तराज रेग्मी, समना खड्का, प्रकाश आचार्य, कमप्रसाद देवकोटा, नवराज न्यौपाने, पार्वती न्यौपाने, मनलाल वली र जगत वाशिष्ठ हुनुहुन्छ ।
त्यस्तै प्रलेस सुर्खेतको १३ औं जिल्ला सम्मेलनले जगत वाशिष्ठको अध्यक्षतामा १३ सदस्यीय जिल्ला काय समितिसमेत गठन गरेको छ । कार्य समितिका उपाध्यक्षमा जागेश्वर नेपाल, महिला उपाध्यक्षमा सरस्वती गौतम, सचिवमा धर्म दानी, सहसचिवमा देवप्रकाश सिंह, कोषाध्यक्षमा पूर्ण भण्डारी तथा सदस्यमा मञ्जु रिमाल, लक्ष्मणदेव गिरी, रत्ना अधिकारी, रमेश आचार्य, ललिता फडेरा र बासुदेव पाण्डे हुनुहुन्छ ।
अधिवेशनका अवसरमा प्रलेसका उपाध्यक्ष रामप्रकाश पुरी तथा कर्णाली इञ्चार्ज, पूर्वमहासचिव जीवेन्द्रदेव गिरी र कर्णाली योजना आयोगका सदस्य डा दीपेन्द्र रोकायाले न्याय र समानताका लागि लेखकहरुले कलम चलाउनुपर्नेमा जोड दिनुभयो । (रासस)



Milan Shrestha । १७ चैत्र २०७५, आईतवार २१:०७ बजे