२० चैत्र, सुर्खेत । सुर्खेत जुम्ला सडक खण्डको पादुकाखोला नजिकै पालिमा हिजो (मंगलवार) विहान सडक मर्मतको काम गर्ने शिलशिलामा आएको पहिरोमा परेर दुल्लु ३ दैलेख निवासी करिव बर्ष २१ का खगेन्द्र सावद घाईते हुनुभएको थियो ।
काम विषेशले त्यता पुग्नुभएका सुर्खेतका व्यापारी कुशुमबहादुर रावल स्थानीय र प्रहरी मिलेर पहिरोमा पुरिनुभएका घाइते सावदलाई निरन्तर को प्रयासले करिव ३ घण्टा पछि पहिरो बाट निकाल्न सफल भएको व्यापारी रावलले बताउनुभयो ।
घाइते सावदको अहिले स्थानीय पादुका मेडिकल दुल्लुमा उपचार भईरहेको र घाईतेलाई थप उपचार को आवश्कता आफूले देखेकोले सम्बन्धित निकायले तुरुन्तै पहल गरोस् भन्ने आग्रह व्यापारी रावलले गर्नुभयो ।




Milan Shrestha । २० चैत्र २०७५, बुधबार ०८:४७ बजे