एन्फाद्वारा ग्रास रुट फुटबल प्रशिक्षण अनुगमन


मिलन श्रेष्ठ
सुर्खेत,३१ भदौ ।कर्णाली प्रदेशको राजधानी सुर्खेतमै यहि भदौ २८ गते देखि पहिलो पटक शुरु गरिएको ग्रास रुट फुटबल प्रशिक्षणको आज एनफाद्धारा अनुगमन गरिएको छ ।

८ बर्ष देखि १३ बर्ष सम्मका बाल–बालिकाहरुलाई खेल प्रति रुचि जगाउनु , उनीहरुको स्वास्थ्यलाई स्वस्थ बनाउनुका साथै खेल माध्यमबाट पनि बच्चा–बच्चिहरुमा अनुशासित बनाई खेल भावना जगेर्ना गर्नुका साथै उक्त उमेरका बच्चा–बच्चिहरुमा पनि खेल प्रति लगान बढोस् भन्ने उद्धेश्यका शुरु गरिएको फुटबल प्रशिक्षणको आज एनफाका केन्द्रिय प्रतिनिधि पुकार थापा र दाङ्ख जिल्लाका जिल्ला फुटबल संघका सुशिल श्रेष्ठले सुर्खेतमा संयुक्त रुपमा अनुगमन गर्नु भएको छ ।

अनुगमन पश्चात थापाले करिब २० बर्ष अगाडिको सुर्खैत र अहिलेको सुर्खेतमा धेरै परिवर्तन पाएको बताउनु भयो, यती मात्र होईन शहर र आवाधि बृद्धि संगै खेल क्षेत्रमा पनि उल्लेखनिय परिवर्तन रहेछ उहांले थप्नु भयो ।
अनुगमन पश्चात केन्द्रिय प्रतिनिधि थापाका अनुशार फुटबल खेल धेरैले नबुझेर पनि मन पर्ने खेलभएको हुदा यसरी साना उमेरका बच्चा–बच्चिमा खेल प्रति बढेका उत्साह र सहभागीताले अनुगमनको उद्धेश्य पुरा भएको बताउनु का साथै यस बर्ष देखि शुरु गरिएको ग्रास रुट फुटबलले यस उमेरका बच्चा–बच्चिहरुलाई कति आकर्षण गर्दछ र आगामी दिनमा यसलाई निरन्तरता दिने वा परिवर्तन गनु पर्दछ ।

यसै गरी ऐनफा प्रशिक्षक नविन भण्डारीले आफ्नो प्रशिक्षणको अनुभवमा ग्रास रुट फुटबलले धेरै परिवर्तन गर्न सक्ने बताउनु भयो, भण्डारीका अनुशार आफुले प्रशिक्षण दिदै आएको १३ देखि १९ बर्ष सम्मका खेलाडीहरुलाई प्रशिक्षण गरेता पनि यो प्रशिक्षणबाट धेरै आशाबादी रहेको छु, उहांले थप्नु भयो, अहिलेका १६ बर्ष राष्टि«य खेलाडीका क्याप्टेन रोशन रानामगर, सुरज शाही, गणेशपुन मगर र रोहित चन्द सुर्खेती खेलाडी भएता पनि आफुले सोचे अनुरुप खेलाडीहरु तयार गर्न नसकेकोमा यस ग्रास रुट फुटबलले धेरै राम्रो खेलाडीहरु तयार गर्ने आशा त छ तर यसका लागि एनफाले आगामी बर्ष देखि यस प्रशिक्षणलाई निरन्तरता दिनु पर्दछ ।
यहि भदौ २८ गते देखि संचालन भएको प्रशिक्षण खेलमा जिल्लाका १६ स्कुलहरु सहभागीता रहेका छन् ।