मङ्गलबार, २५ साउन २०७३, काठमाडौं– चन्द्रागिरि हिल्स लिमिटेडले काठमाडौंको थानकोटमा निर्माण गरेको चन्द्रागिरि केबलकार मंगलबारबाट व्यावसायिक रुपमा सञ्चालनमा आएको छ। केबलकारको माथिल्लो स्टेशनमा रहेको भालेश्वर मन्दिरको प्राण प्रतिष्ठा सम्पन्न गरेपछि केबलकार सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ।
उक्त भ्रमण स्थनका सम्पूर्ण पूर्वाधार निर्माण कार्य पूरा भइनसकेकोले हाल आंशिक रुपमा मात्रै सञ्चालनमा ल्याएको पनि कम्पनीले बताएको छ। कम्पनीका अनुसार मंगलबार
करिब ७ सय जनाले केबलकार चढेका छन्। यसअघि सोमबार मन्दिरको प्राण प्रतिष्ठाको अवसरमा १० हजार ६ सय ४१ जनालाई कम्पनीले निशुल्क चन्द्रागिरि चुचुरोमा पुर्याएको थियो ।
प्रतिदिन १० हजार व्यक्तिलाई केबलकारको यात्रा गराई चन्द्रागिरि चुचुरोमा पुर्याउने कम्पनीको लक्ष्य छ।



Milan Shrestha । २५ श्रावण २०७३, मंगलवार १६:५९ बजे