प्रदेश नम्वर ६ को राजधानी जुम्लामा हुनु पर्ने जुम्ला बासीको माग



हरि कष्ण कुमाई, जुम्ला
७ पौष । प्रदेश नम्वर ६ को राजधानी जुम्लामा हुनु पर्ने भन्ने बिषयमा आज जिल्लामा छलफल भएको छ । सरकारले प्रदेश नम्वर ६ को राजधानीकालागि सुर्खेतमा तयारी गरिरहेको रहेपनि आधिकारिक निर्णय भने भएको छैन । जल, जडिबुटी र भौगोलिक बनावटको हिसावले जुम्ला जिल्ला केन्द्र मानिदै आएकोमा जुम्लाको नाम नै नलिएरै अस्थायी राजधानि सुर्खेत तोकेकोले नेपाल पत्रकार महासंघ जुम्ला र नागरिक समाज जुम्लाको संयुक्त आयोजनामा राजधानिको बिषयमा छलफल गरेको हो ।

गत्त मंसिर १० र २१ गते सम्पन्न भएको प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचन सकिय लगतै देशभर राजधानी कहाँ बनाउने भन्ने बिषयमा बहस चलिरहेको बेला जुम्लामा आज दबाव मुलक कार्याक्रम भएको हो । उक्तअवसरको क्रममा बोल्दै नेपाल पत्रकार महासंघ जुम्लाका अध्यक्ष बरमबहादुर महतले केन्द्रमा नेतृत्व गरेर बसेका नेताहरुको कारण जुम्लामा राजधानी बनाउने भन्ने बिषयमा कमजोरी भएको बताए ।

खसभाषाको उत्पत्ति, भौगोलिक, सांस्कृतिक र पर्यटकीयको कारणले पनि प्रदेश नं ६ को राजधानी सुर्खेत नभै जुम्ला नै बनाउनु पर्नेमा  मुगु डोल्पा र हुम्लाका बासीहरुको आज सम्पन्न छलफल कार्यक्रममा जुम्लाका, युवा, बुद्धिजीवि प्रतिनिधि, नागरिक, समाज व्यापारी र बिभिन्न राजनितिक दलका प्रतिनिधिहरु बनाउनु पर्ने माग राखेका हुन् ।

कर्णालीलाई सुदुरपश्चिम संग गाभिदा २०७२ साउन २४ गते देखि भाद्र ४ सम्म जुम्लामा “जान्यौ डोटी खान्यौ रोटी” आन्दोलन चलेको थियो । छुट्टै स्वयत प्रदेशको लागि कर्णालीका सवै जिल्लाहरुमा कर्णाली आन्दोेलन भएको थियो ।  प्रदेश नम्वर ६ को राजधानी जुम्लामा नभएमा फेरी आन्दोलन गर्ने जुम्ला बासीहरुले चेतावनी दिएका छन् ।