गाउँपालिका द्वारा निशुल्क आँखा शिविर सञ्चालन


२४ पौष, सुर्खेत । सुर्खेतको पूर्वमा रहेको सिम्ता गाउँपालिकाले आँखाका बिरामीहरुका लागी निशुल्क मोतिबिन्दु तथा शल्यक्रिया शिविर सञ्चालन गरेको छ । सिम्ता गाँउपालिकाको आर्थिक सहयोग तथा सुर्खेत आखा अस्पताल वीरेन्द्रनगरको प्राविधिक सहयोगका साथै नेपाल रेडक्रस सोसाइटी उपशाखा राकमको सहभागितामा शिविर सञ्चालन गरिएको हो ।

३ दिन सम्म सञ्चालन हुने शिविर वडा नम्बर ६ स्थित बागेश्वरी माध्यामिक विद्यालयको प्रांगणमा उद्घाटन गरिएको हो । सामाजिक सुरक्षा अन्तरगत जनता संग सिम्ता गाउँपालिकाको कार्यक्रम अनुरुप आर्थिक रुपले बाहिर गएर उपचार गर्न नसक्ने नागरिकहरु लाई लक्षित गरेर शिविर सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष कविन्द्रकुमार केसीले जानकारी दिनुभयो ।

शिविर सञ्चालन भएको पहिलो दिन मंगलवार ३५ जना आँखाका रोगीहरुले सेवा लिएका छन भने १ सय ५० जनाको आँखा चेकजाँच गरिएको छ । शिविर सञ्चालन भएको पहिलो दिन धेरैजसो बृद्धबृद्धाले सेवा लिएका छन जसमा पुरुष भन्दा महिलाको संख्या धेरै रहेको गाउँपालिका प्रवक्ता टेकनारायण विश्वकर्माले जानकारी दिनुभयो ।