भ्रमण बर्षलाई लक्षित गर्दै काँक्रेविहार घोडा सवारमा १ घोडा थपियो (भिडियो सहित)


१२ मंसीर, सुर्खेत । भ्रमण बर्ष २०२० लाई लक्षित गर्दै वीरेन्द्रनगर नगरपालिका ९ नं. वडा कार्यालय सुर्खेतले काँक्रेविहारमा घोडा सवारमा १ घोडा थपेको छ ।

वडाले एक समिति बनाई गत अषाड ३० गतेबाट पर्यटकिय स्थल काँक्रेविहारमा घोडा सवार कार्यक्रमको शुरुवात गरेको थियो ।

शुरुवातमा २ वटा घोडा शुरु गरिएको कार्यक्रम भ्रमण बर्षलाई लक्षित गरि १ वटा घोडा थप गरेको र पछि ६ वटा सम्म पुर्याउने लक्ष्य वडाको रहेको वडा अध्यक्ष सुरेश मानन्धरले बताउनुभयो ।

घोडा सावारी शुरु गरेपछि काँक्रेविहारमा पर्यटकहरुको बृद्धी भएको बताउँदै अध्यक्ष मानन्धरले यो कार्यक्रममा विषेश गरेर यूवापुस्ता बढी आकर्षित भएको जानकारी दिनुभयो ।

काँक्रेविहारमा अहिले सुरक्षा व्यवस्थामा पनि सुधार भएको अस्थाई प्रहरी विट लाटीकोइलीका प्रहरी हवल्दार ललित बहादुर रावतले बताउनुभयो ।

काँक्रेविहार क्षेत्र खुल्ला भएकोले पनि सुरक्षा चुनौती भएको बताउँदै हवल्दार रावतले आफूहरुले पैदल तथा मोटरसाइकलबाट गस्ती गर्दै आइरहेको बताउनुभयो ।

यसैवीच वडाको शान्ती सुरक्षालाई कायम गर्नकालागि अस्थाई प्रहरी विट लाटीकोइलीलाई १ थान मोबाइल सेट हस्तान्तरण गरिएको वडा सचिव देव मुलेलले जानकारी दिँदै वहाँले वडाका नागरिकलाई प्रहरी सेवा चाहिएमा मोबाइल न‌ं. ९८६६८९५८१६ मा सम्पर्क गर्न सकिने बताउनुभयो ।