
१ माघ, सुर्खेत । नेपाल मगर संघ वराहतालले आज २ दिने माघे मेला प्रतियोगिता २०७५ सम्पन्न गरेको छ । कार्यक्रमका प्रमुख अतिथी एवं वराहताल गाउँपालिका अध्यक्ष तेजबहादुर बस्नेतले मगरहरुका लागि मातृभाषाको पठन पाठन गर्न आफूले नीतिगत व्यवस्था गरेर अघि वढ्ने बताउनुभएको छ ।
मगरहरुको संघन वस्तीहरुमा मातृभाषा कक्षाका लागि पहल गर्ने भन्दै अध्यक्ष बस्नेतले मगर समुदायमा संस्कार मात्रै नभएर भाषा पनि अनिवार्य भएको समेत बताउनुभयो । कार्यक्रममा नेपाल मगर संघ कर्णाली प्रदेशका महासचिब डम्मर गरन्जामगरले सबै मगरहरुको उत्थानका लागि मातृभाषा पनि अनिवार्य भएको बताउनुभयो ।
कार्यक्रममा नेपाल मगर संघ सुर्खेतका अध्यक्ष डिलबहादु बंशीमगरले स्थानीयहरुले मगरहरुको सघन वस्तीहरुको खोजी गरी मातृभाषा पठन पाठन गर्नका लागि स्थानीय तहरुले कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो ।
सुर्खेतमा सञ्चालन भएका मगरभाषा कक्षाहरु आर्थिक अवस्थाका कारणले बन्द भएको भन्दै अध्यक्ष वंशीले स्थानीय तहको प्रमुख भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो । यसै गरी माघे सकरातीको अवसर पारेर भएको कार्यक्रममा विभिन्न खेलकुद प्रतियोगिता भएको भएकोछ ।
जसमा दुई उमेर समुहको छेलो प्रतियोगिता भएको थियो । ४० वर्ष भन्दा माथिको छेलोमा कविराज डम्मरपालले प्रथम र ३० वर्ष भन्दा कम उमेर समुहमा सन्तोष मर्साङ्गी प्रथम हुनुभएको थियो ।
यसै गरी कुर्चि दौडमा चन्द्रा मर्साङ्गी प्रथम, भुरुममा चन्द्र तारामीमगर प्रथम र घैटोमा मिलन जोल्मीमगर प्रथम हुनुभएको थियो । झ्याउरे, सोरठी, सारङ्गी नाच प्रस्तुत गरिएको माघे सकराती विशेष कार्यक्रम वडाको लक्षित वर्गको आर्थिक सहयोगमा भएको थियो ।



Milan Shrestha । १ माघ २०७५, मंगलवार १९:४२ बजे