बालबालिकाहरुको उज्जवल भविष्यकालागि साना–साना सहयोग पनि अपरिहार्यः संस्थापक भट्टराई


माघ,०२ सुर्खेत । भैरब यूवा सशक्तिकरण केन्द्रका संस्थापक ललितदेव भट्टराई बाल–बालिकाहरुको उज्जवल भविष्यका लागी साना–साना सहयोग पनि अपरिहार्य भएको बताउनु भयो ।

लायन्सका संस्थापक एवंम् लायन्स जगतका पीता मेल्भिन जोन्सको १४० औं जन्म दिनको अवसरमा बुधबार(आज) सुर्खेत जिल्ला स्थीत लायन्स क्लब अफ सुर्खेत, लायन्स क्बल अफ काक्रेबिहार, बुलबुले, भ्याली, वीरेन्द्रनगर, शिबबिहार, सिद्धपाईला, मध्यपश्चिम र लायन्स क्लब अफ कर्णालीले संयुक्त रुपमा आयोजना गरिएको खाधान्न तथा न्यानो कपडा बितरण कार्यक्रमका बिशेष अथिती एवंम् भैरव यूवा सशक्तिकरण केन्द्रका संस्थापक ललितदेव भट्टरार्ईले उक्त कुरा बताउनु भएको हो ।

भटराईले बितरण कार्यक्रममा बोल्दै भटराईले बजारमा वेवारिसे अवस्थामा माग्दै हिड्ने र सांझ पख बाटोमा सुत्दै आएका बाल–बालिकाहरुलाई यस केन्द्रमा उपचारका पालन पोषण लागी ल्याईएको अवस्थामा बिशुद्ध रुपमा सेवा गर्ने क्लबहरुले यसरी बेला–बेला सहयोग सहित आईदिने हुदा यसले असल र सहयोग गर्दछौं भन्ने व्यक्तिहरु समक्ष राम्रो सन्देश जाने र सहयोग ठुलो सानो भन्नु भन्दा पनि सहयोगकै कारण भविष्यमा केहि गर्दछौं भन्ने बाल–बालिकाहरुको भविष्य अझै उज्जवले हुने भएको हुदा सहयोगका लागी अनुरोध पनि गर्नु भयो ।

लायन्स क्लब अफ सुर्खेत कर्णालीका अध्यक्ष सीता शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कार्यक्रमका अथिती एवंम् डिस्टीक चिफ बिजय पराजुलीले स्वागत मन्तव्य सहित लायन्सका संस्थापकको जन्म उत्सवका अवसरमा साता व्यापीरुपमा, स्वास्थ्य तथा सरसफाई, वातावरिण, शिक्षा गरी विभिन्न क्षेत्रमा विभिन्न स्थानमा कार्यक्रम संचालन गर्न अन्र्गत आज तेस्रो दिनको कार्यक्रम गरिएको र यस अघि देउती बज्यै परिसरमा बसेका असाय र अशक्तहरुलाई खाधान्न वितरण गरि सकिएको जानकारी दिनु भयो ।


कर्यक्रमका प्रमुख अथिती डिस्ट्रि«क एडभाईजर एमजेएफ लायन्स टिकाराम चपाई यसरी बाटो बिराएका बाल–बालिका, असाहय एवंम् अशक्त बृद्ध–बृद्धाहरुलाई सेवा गर्न पाउदा आन्नद महुशसहुने बताउनु भयो ।

कार्यक्रममा जोन चियर पर्सन बिन्दु नेपाल, डिस्ट्रि«क कोडिनेटर मिलन श्रेष्ठ, बालकृष्ण श्रेष्ठ, भद्र भण्डारी, सरस्वती बस्नेत, एमजेएफ दलबहादुर गुरुङ्ग , लायन्स वीरेन्द्रनगरका बिनुसि भाष्कर लायन्स क्लब अफ काक्रेबिहारका अध्यक्ष सारदा शेर्पा, शिबबिहारका अध्यक्ष प्रवेशमान मानन्धर, सुर्खेतका डम्बरदेब अधिकारी, कविराज कडेंल लगाएतको उपस्थित रहेको थियो ।

बितरण कार्यक्रममा जिल्ला स्थीत लायन्सहरुको संयूक्त सहयोग साथै हाम्रो पुस्तक पसल, प्रभात स्टेशनरी र नव बिहानी पुस्तक पसलले स्टेशनरी, लायन्स क्लब अफ सुर्खेतका डम्बरदेब अधिकारी र कविराज कडेंले न्याने कपडा सहयोग गर्नु भएको थियो ।

लायन्स क्लब अफ सुर्खेत कर्णालीका सह–सचिव लायन्स दुर्गा केसीले कार्यक्रमको सहजीकरण गर्नु भएको थियो ।