६ असार, सुर्खेत । एक महिलालाई बलात्कार गरेको आरोपमा सुर्खेतमा एक वडा सदस्यलाई प्रहरीले पक्राउ गरेको छ । पूर्वी सुर्खेतमा पर्ने गुर्भाकोट नगरपालिका–६ का वडा सदस्य दलजित कामीले एक महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।
३५ वर्षीय महिलाले आफूलाई दलजितले बलात्कार गरेको उजूरी प्रहरी कार्यालयमा दिएपछि उनलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय छिन्छुका प्रहरी निरिक्षक धुब्रबहादुर थापाले जानकारी दिए । प्रहरीले दलजितलाई सोमबार पक्राउ गरेको हो । पीडित पक्षले उजूरी दिएपनि थप अनुसन्धान प्रक्रिया अगाडी बढाउन समस्या भएको छ ।
साभारः पश्चिमनेपालअनलाइन



Prawash Kumar Shakya । ६ असार २०७४, मंगलवार १२:०७ बजे