क्यान्सर पिडित बालकलाई सहयोग रकम हस्तान्तरण


३ जेठ, सुर्खेत । दक्षिण कोरियामा रहेका सुर्खेती यूवाहरुद्वारा सुर्खेतको वीरेन्द्रनगरका एक ट्युमर क्यान्सरबाट पीडित बालकका लागि एक लाख रुपैयाँ सहयोग गरिएको छ ।

सुर्खेतको वीरेन्द्रनगर–९ पातलगंगाका ४ बर्षीया बालक जोयल थारुलाई क्यासन्सर भएपछि उपचारमा सहयोगकालागि जोयलको परिवारलाई १ लाख १ हजार १ सय १३ रुपैयाँ सहयोग गरिएको हो ।

दक्षिण कोरियामा रहेका स्थानीय राजु चौधरी लगाएतका ४५ जना यूवाले आफ्नो आम्दानीबाट केही रकम छुट्याएर पीडित जोयलको परिवारलाई सहयोग गरेका हुन् । आज शनिवार उक्त रकम हस्तान्तरण गरिएको हो । ४ बर्षीय जोयल ६ महिनाको उमेर हुँदा यो समस्या पत्ता लागेको जोयलका हजुरआमा रामप्यारी चौधरीले बताउनुभयो । उहाँले भन्नुभयो ‘बाबु ६ महिनाको हुँदा समस्या देखियो, अहिलेसम्म ५–६ लाख रुपैयाँ खर्च भईसकेको छ,’ आम्दानीको स्रोत छैन, डाक्टरले ८० लाख रुपैयाँ उपचार गर्न लाग्छ भनेको छ ।’सहयोग गर्नुहुने सबैलाई धन्यवाद ।