
नियम विपरीत सवारी चलाए चलाकलाई कानुनी कारवाही गर्ने अधिकारी ट्राफिक प्रहरीलाई दिए पनि कसैलाई कुटपिट गर्ने अधिकार भने कसैलाई छैन ।
तर, विराटनगरको मेनरोडस्थित अति नै व्यस्त चोक जलजला चोकमा बेलुका ५ बजे एक रिक्सा चालकलाई फिल्मीशैलीमा हिरोले गुन्डालाई कुटे जस्तै गरी कुटपिट गरेका छन् ।
सडक जामका कारण ट्राफिकले सिठी बजाउँदा सडक खाली नभएपछि रिसले आक्रोश बनेका ट्राफिकले एक रिक्सा चालकलाई निर्घात कुटपिट गर्दै आफ्नो रिस शान्त पारे ।
ठूला र चारपाङग्रे सवारी चालकले बजारमा मनपरी रोकेर सडक जाम गर्दा सोध्नसम्म हिम्मत पुर्याउन नसक्ने ट्राफिकले बिचरा रिक्सा चलाकलाई कुटपिट गरेर बहादुरी देखाएका छन् ।

साभार : डि सि नेपाल डक कम



Milan Shrestha । ४ असार २०७३, शनिबार ०७:३१ बजे