राजीको उपचारमा विभिन्न मनकारी तथा समाजसेवीहरुको साथ जुट्दै



२४ असार, सुर्खेत । सुर्खेतको पन्चपुरी नगरपालिका वडा नं १० चाम्रिका १५ बर्षिय चन्द्र राजी ओष्टेओमाईटिस (हड्डी पाक्ने) रोगबाट ग्रसित भइ जीवन मरणको दोसाँधमा पुगेका राजीको उपचारमा सहयोग जुट्न थालेको छ ।

केहि दिनदेखि निरन्तर विभिन्न सञ्चार माध्यममा १५ बर्षिय राजीको आर्थिक अवस्था सारै कम्जोर भएका कारण कर्णाली प्रदेश अस्पतालमा हड्डी पाक्ने रोगका कारण आइसियुमा लडिरहेका छन् भन्ने समाचार धैरै मात्रामा प्रकाशित भएका थिए ।

सहयोगी हातहरु जुट्दै जादा अमेरिमा बस्दै आउनु भएका जयन्ती थापाले आर्थिक सहयोग गर्नुभएको छ । थापाले आर्थिक अभावका कारण खुट्टाको उपचारमा समस्या भएको जानकारी पाएपछि उहाँले नगद रु १० हजार सहयोग गर्नुभएको हो । दलित बालबालिका, दीनदुःखी, असहाय र विपत्तिमा परेकाहरुलाई सहयो गर्दै आउनु भएका मनकारी समाजसेवी जयन्ती थापाले विरामी राजीको सिध्र स्वास्थ्य लाभको कामना गर्दै सहयोग गर्नुभएको नेपाल पत्रकार महासघ सुर्खेतका उपाध्यक्ष माया थापाले बताउनुभयो ।

यस्तै सहयागी हातहरु जुट्दै जादा वीरेन्द्रनगर १ निवासी समाजसेवी तथा युवा व्यवसायी राधाकृष्ण ट्रेडर्सका प्रोप्राइटर दिनेश खत्रीले नगद ५ हजार ५ सय ५५ रुपयाँ, त्रिपुरेश्वर मा.वि.का पुर्व प्रधानाध्यापक तथा हालका विद्यालय व्यवस्थापन समितीका अध्यक्ष महेन्द्रप्रसाद शर्माले पनि नगद १ हजार ५ रुपयाँ सहयोग गर्नुभएको छ ।

यसैगरि वीरेन्द्रनगर १३ निवासी प्रिया एयर कार्गोका प्रोप्राइटर रामबहादुर थापाले पनि नगद ५ हजार आर्थिक सहयोग गर्दै बालक राजीको स्वास्थ्य लाभको कामना गर्नुभएको छ ।  यसअघि समाजसेवी तथा वीरेन्द्रनगर नगरपालिकाका पुर्व मेयर मुकुन्दश्याम गिरीले नगद रु १० हजार, वीरेन्द्रनगर ६ का युवा व्यवसायी पवन गिरीले नगद ५ हजार र प्रेमकुमार वि.सी.ले नगद ५ हजार प्रदान गर्नुभएको छ ।

करिब एक महिना अघिदेखि दुवै खुट्टाको हड्डी पाक्ने रोगबाट ग्रसित १५ बर्षिय राजी तिन हत्तादेखि कर्णाली प्रदेश अस्पतालको आइसियुमा भर्ना हुनुभएको छ । आर्थिक अवस्था ज्यादै दयनिय भएका राजीको उपचारमा प्रदेश अस्पतालले आइसियु खर्च, अप्रेशन खर्च, सामान्य केहि औषधी खर्च, खाना खर्च लगायतको व्यवस्थापन निशुल्क गरेता पनि अन्य औषधी खर्च, रगत व्यवस्थापन लगायत विभिन्न खर्च धान्नका लागि सहयोगको याचना गरिएको राजी शाल्म समाज सुर्खेतका सचिव अशोक राजीले बताउनुभयो । उहाँले प्रदेश अस्पताललाइ धन्यवाद ज्ञापन गर्दै सहयोगी मनहरुलाई पनि आभार प्रकट गर्नुभएको छ ।

चन्द्र राजीलाई सहयोगीमनहरुले राष्ट्रिय बाणिज्य बैक सुर्खेतको चल्ती खाता नम्बर ८४६६ सहयोग जम्मा गर्न सकिने पनि राजी शाल्म समाज सुर्खेतले आग्रह गरेको छ ।