१८ फागुन । कालिकोट जिल्लाको पलाता गाँउपालिकामा निजी शिक्षकहरुको तलबमा एकरुपता ल्याउने गाँउपालिकाले निर्णय गरेको छ ।
गाँउपालिकाले ११/१२ कक्षाका शिक्षकहरुकालागि रु. २५हजार, ९/१० कक्षाकालागि रु. २०हजार, ६/८ कक्षाकालागि १५हजार, ४/५ कक्षाकालागि रु. १२हजार र १/३ कक्षाकालागि रु. १०हजार तलब निर्धारण गरिएको गाँउपालिकाका अध्यक्ष का प्रेस सल्लाहकार पूर्णसिंह बमले बताउनुभयो ।
यस भन्दा अगाडी निजी शिक्षकहरुको खाजा, छात्राबृती काटेर तलब खुवाउने गरिएको थियो । गाँउपालिकाको यस कार्यबाट गाँउपालिकामा रहेका ३५ विद्यालयका ६१ जना शिक्षकहरु लाभान्वित भएको बमले बताउनुभयो ।



Milan Shrestha । १८ फाल्गुन २०७४, शुक्रबार १४:५४ बजे