बिस्नप्रसाद न्यौपाने
फागुन २४, कालिकोट ।
१ सय ८ औ अन्तराष्ट्रिय महिला दिवसको कार्यक्रममा आफुहरुलाई निमन्त्रणा नदिएको भन्दै कालिकोटमा महिला नेतृहरुले बिबाद गरेकी छन् । नेपाल सरकारको परीपत्र अनुसार १ सय ८ औ अन्तराष्ट्रिय महिला दिवसका अवसरमा आयोजित समारोहमा कालिकोट जिल्लाका बिभिन्न पार्टीमा आबद्ध महिला नेतृहरुले महिला तथा बालबालिका कार्यालय कालिकोटकी निमित्त प्रमूख सविता राणाले आफुहरुलाई कार्यक्रममा निमन्त्रणाका लागि जानकारी नै नदिएको भन्दै बिबाद गरेकी हुन् ।
१ सय ८ औ अन्तराष्ट्रिय महिला दिवसको अवसरमा पंचेबाजा सहित जिल्ला सदरमुकाम मान्म बजारको जिरो पोईन्टदेखी प्रतिमा चौकसम्म बृहत ¥याली गरी जिल्ला समन्वय समितिको खुलामञ्चमा आयोजित औपचारीक समारोहमा अन्तरपार्टी महिला संजाल कालिकोटकी अध्यक्ष कृष्णकला शाही, नेकपा एमाले सम्बद्ध अखिल नेपाल महिला संघकी नेतृ मीना शाही, नेपाली कांग्रेस सम्बद्ध नेपाल महिला संघकी नेतृ लक्ष्मी शाही, नेकपा माओबादी केन्द्र निकट अखिल नेपाल क्रान्तिकारी महिला संगठनकी नेतृ गंगा खड्का सहितको महिलाहरुको टोलीले कार्यक्रम स्थलमै बिबाद गरेको हो । बिबाद पछि महिला तथा बालबालिका कार्यालय निमित्त प्रमूख सविता राणाले आफुले जानाजान महिला नेताहरुलाई कार्यक्रममा निमन्त्रणा नगर्न खोजेको होईन भन्दै आलोचित भएपछि कार्यक्रमको सुरुवात गरियो ।
जिल्ला समन्वय समितिका उपप्रमूख लक्ष्मी बिष्ट नेपालीको अध्यक्षता तथा खाँडाचक्र नगरपालिका प्रमूख जसीप्रसाद पाण्डेको प्रमूख आतिथ्यतामा भएको कार्यक्रममा खाँडाचक्र नगरपालिकाकी उपप्रमूख बिजया बिष्ट, निमित्त प्रमूख जिल्ला अधिकारी राजकुमार दुलाल, डिएपी सुबासचन्द्र बोहोरा लगायतका सरोकारवालाहरुको पनि उपस्थिति रहेको थियो । आर्थिक शसक्तिकरण सहितको सामाजिक जागरण, ग्रामिण तथा शहरी महिलाको जीवनस्तर रुपान्त्रण भन्ने् नारा सहित बजारमा महिलाहरुले महिला पुरुष समान ज्यालाको सुनिश्चितता, पैतृक सम्पतीमा महिलाको अधिकार, छोरा छोरी समान अवसर लगायतका नाराबाजी पनि गरेका छन् ।



Milan Shrestha । २४ फाल्गुन २०७४, बिहीबार १२:२२ बजे