
सुर्खेत,१४ आषाढ । वीरेन्द्रनगर नगरपालीका वडा नं.०९को वडा कार्यालयले बिहिवार(आज) एक कार्यक्रम बिच विभिन्न टोल बिकासका वाल क्लबहरुलाई खेलकुद सामाग्रीहरु वितरण गरको छ ।
सामाग्री वितरण कार्यक्रममा वडा कार्यालयका अध्यक्ष सुरेश मानन्धरले सामाग्री वितरण कार्यक्रम बार्षिय कार्य योजना अन्तर्गत रहेता पनि कुन साम्रागी वितरण गर्दा कतिको महत्व दिन्छ भन्ने कुरा आफैमा महत्व रहेको बताए ।

मानन्धरका अनुशार वडा स्थित विभिन्न बाल क्लबहरुका बाल–बालिकाहरुलाई खेलकुदमा लक्षित गरी खेलकुद सामाग्री बितरण गर्नाले उनीहरुको खेल प्रती रुचि बढ्नुका साथै व्यतित्व बिकास हुनेमा जोड दिए । मानन्धरले भने, हामीले वडाका बाल–बालिका र युवाहरुलाई लागु औषधी बिरुद्ध का साथै कुलतबाट बचाउनका लागी विभिन्न समयका खेल माध्यमबाट सन्देश दिने कार्यक्रम गरिरहेका छौं । यसरी आजका बाल–बालिकाहरुलाई पनि खेल मार्फत त्यस्ता गलत गतिविधि र कुलत बाट जोगाउन यो खेलकुद सामाग्रीले पनि महत्वपूर्ण भुमिका रहने छ ।



Milan Shrestha । १४ असार २०७५, बिहीबार ०३:५१ बजे