प्रेस युनियनको अर्को पक्षद्वारा अधिवेशन अध्यक्षमा खड्का चयन


१० माघ, सुर्खेत । नेपाल प्रेस युनियन सुर्खेत शाखाको अर्को पक्षले आज इश्वरबहादुर खड्कालाई अध्यक्षमा चयन गरेको छ । आज (विहिवार) वीरेन्द्रनगरमा अर्को पक्षले गरेको ७ औं जिल्ला अधिवेशनले खड्कालाई अध्यक्ष पदमा चयन गरेको हो ।

अधिवेशनले उपाध्यक्षमा बुद्धिसिंह ठकुरी, महिला उपाध्यक्षमा तीला भण्डारी, सचिवमा पुरुषोत्तम सापकोटा, सहसचिवमा भूपेन्द्र घर्ती, महिला सहसचिवमा निशा कँडेल, कोषाध्यक्षमा सिर्जना बुढाथोकी चयन हुनुभएको छ ।

त्यस्तै सदस्यहरुमा रेवतीरमण उपाध्याय, चुडामणि पाण्डे, महेश रोकाया, पुनम बि.सी., यमुना परियार, उषा राना, अनुष मेहता, दशरथ लम्साल, इन्द्रजीत खड्का र निर्मल प्याकुरेललाई चयन हुनभएको छ ।

यसैगरि केन्द्रीय प्रतिनिधिमा चिरन्जीवी अर्याल, श्रीधर पौड्याल, कलेन्द्र सेजुवाल, नगेन्द्र उपाध्याय, सुदीप पुरी, प्रकाश पन्त, लक्ष्मी भण्डारी, भानुभक्त खड्का, भानुभक्त अधिकारी, राजु कोइराला, माया थापा, रमेश शाही, नारायण खड्का, रामकृष्ण गौतम, नारायण सापकोटा, सुरेन्द्र केसी, कौशीला चन्द र तारापति शर्मालाई चयन गरेको छ ।

त्यसैगरी प्रदेश पार्षद सदस्यहरुमा सुशीलराज शर्मा, रमेशकुमार पाण्डे, नविन शाही, मानबहादुर ओली, कमल खत्री, संगिता भण्डारी, दीपकजंग शाही, मानबहादुर खड्का, सपना खड्का, बिन्तिराम महतो, सोम ढकाल, मेघराज ढकाल, रमा केसी, सन्तोष श्रेष्ठ, नविनप्रकाश शाक्य, यामबहादुर बिसी, चन्द्रा रेग्मी, विश्वन्धु रोकाया, पुष्प बिसी, देवेन्द्र सेजुवाल, दीपा गाहा, र कृष्ण शर्मा रहनुभएको छ ।

यो पनी पढ्नुस 

प्रेस युनियन सुर्खेतको अध्यक्षमा पुनः थापा निर्वाचित