सुर्खेत, २ चैत । सामुदायका सवै धर्म संस्कृतिक र सम्प्रदायिकतामा रहेका व्यक्तिहरुले सुर्खेतमा पहिलो पटक धार्मिक भजन निर्माण गरेका छन् ।
सवैले सवैको धर्म र संस्कृतिलाई सम्मान गर्नुपर्ने सन्देशका साथ ‘धर्मको लागि…’ शीर्षकमा भजनको अडियो र भिडियो निर्माण गरिएको हो ।
भजनमा हिन्दु, मुसलमान, क्रिश्चियन, सद्गुरु र बौद्ध धर्मावलम्वीहरुले योगदान दिएका निर्माण टीमले जनाएको छ ।
जागरण एफएमअन्तरगतको डिजे रेकर्डिङ्ग स्टूडियोमा अडियो रेकर्ड गरिएको गीतमा नवराज शर्माले लय र शव्द तयार गर्नुभएको छ भने शिव संगीत, कविराज गिरी र मनु मन्दिरले यसमा श्वर दिनुभएको छ । भजनमा बाध्यवादन ज्ञानबहादुर नेपाली र टेकबहादुर सुस्लिनले गर्नुभएको छ ।
सुर्खेतकै वीरेन्द्रनगर नगरपालिकाभित्र राजेश कुमालद्वारा छायाँकन गरिएको भजनको भिडियो काँक्रेविहार मुभी हाउसले तयार पारेको हो । अकवर खानको निर्देशन र दीपेन्द्र ओलीको सहनिर्देशनमा रहेको भिडियोमा नृत्य निर्देशन वरिष्ठ कलाकार कुलमान नेपालीले गर्नुभएको छ । गीतको प्रविधि संयोजन अनिल चौधरी र मग्रिव वक्सले गर्नुभएको हो ।
वीरेन्द्रनगरमा आयोजना गरिएको एक विशेष समारोहमा सुर्खेतका पहिलो चलचित्र निर्माता जीवनकुमार शाक्यले भजनको विमोचन गर्नुभयो ।
विमोचन कार्यक्रममा प्रमुख अतिथी शाक्यले स्थानीयस्तरमै नयाँ काम र अभियानको शुरु भएको भन्दै प्रशंसा गर्नुभयो । उहाँले हरेक व्यक्तिले पहिला आफू धार्मिक भएको भनेर बुझ्नुपर्ने र त्यसपछि मात्रै हिन्दु, मुसलमान, बौद्ध वा क्रिश्चियन भनेर भन्नुपर्नेमा जोड दिनुभयो ।
यस्तै वरिष्ठ कलाकार प्रेमदेव गिरीले समाजमा रहेको व्यक्तिहरुलाई भाइचाराको भावना सृजना गर्नका लागि यो भजन निर्माणले सहयोग पु¥याउने बताउनुभएको छ । वरिष्ठ कलाकार कुलमान नेपालीले गीत र त्यसको भिडियो निर्माण गर्नका लागि सुर्खेतबाहिर जाँदा पर्ने अप्ठ्यारा बताउँदै सुर्खेतमै भएको कामप्रति खुसी व्यक्त गर्नुभएको छ ।
भजन विमोचनमा सहभागिहरुले सवै नेपालीले धर्म, जात, संस्कृति वा क्षेत्रको आधारमा कसैले कसैलाई विभेद गर्न नहुनेमा जोड दिएका छन् ।
साभारः जागरण एफएम अनलाइन



Milan Shrestha । २ चैत्र २०७२, मंगलवार १९:२४ बजे