
असोज ११, सुर्खेत ।
वर्तमान सरकार श्रमिकहरुको हक र अधिकारलार्इ कुन्ठीत गर्नेकार्यमा लागेको श्रमिकहरुले गुनासो गरेका छन। नेपाल टेड्र युनियन काँग्रेसको कार्य योजना तथा तर्जुमा कार्यक्रममा सहभागी श्रमिहरुले यस्तो बताएका हुन।
उनिहरुले अहिलेको मंहगी, कालोबजारी, भरष्ट्राचार मौलाउदै गएको भन्दै यसबाट सबैभन्दा धेरै श्रमीकहरु मारमा परेको बताएका छन। श्रमिकहरुले प्रजातान्त्रीक आन्दोलनमा श्रमिकहरुको महत्वपुर्ण योग्दान रहेको स्मरण गर्दै काँग्रेसका नेताहरुबाटै अहिले आफुहरुलार्इ समस्या हुने गरेको बताएका छन। उनिहरुले अब ट्रेड युनियनलार्इ स्थानियतहमा विस्तार गरि बलियो संगठन निर्माण गर्न जरुरी रहेको बताएका छन।
कार्यक्रममा नेपाल टेड्र युनियनका केन्द्रिय अध्यक्ष पुष्कर आचार्यले सरकारले श्रमीकको हक अधिकारलार्इ कुन्ठीत गर्ने कार्यमा अगाडी बढेको बताउनुभयो। उहाँले सरकारले मजदुरको पक्षमा कुनै काम नगरेको आरोप लगाउदै त्यसको बिरुद्घ काँग्रेसले आवाज उठाउनुपर्ने बताउनुभयो। उहाँले काँग्रेस गुट र उपगुटमा रुमलिदाँ त्यसको प्रत्यक्ष मार आफुहरुले खेप्नु परेको बताउनु भयो। कार्यक्रममा नेपाली काँग्रेस सुर्खेतका सभापति कमलराज रेग्मीले टेड्र युनियन सक्रिय बनाउन सकेमात्र काँग्रेस बलियो हुने दाबी गर्नुभयो। उहाँले अहिले टेड्र युनियनलार्इ चुनौती थपिएको भन्दै जस्तो सुकै चुनौतीलार्इ सामना गर्न तयार रहन आग्रह गर्नुभयो। उहाँले आगामी दिनमा काँग्रेस सचिएर अगाडी बढ्ने दाबी गर्दै भातृ संगठनहरु जिम्मेवार भएर प्रस्तुत हुन आग्रह गर्नु भयो। कार्यक्रममा नेपाली काँग्रेसका नगर सभापती देबकुमार सुबेदीले सरकारले मजदुरहरुलार्इ विमाको व्यवस्था गर्नुपर्नेमा जोडदिनुभयो।
वीरेन्द्रनगर नगरपालीकाका प्रमुख समेत रहनुभएका सुबेदीले आफहुरुले मजदुरुको हक र अधिकारको लागी योजना बनाएर काम थाल्ने भन्दै आगामी आर्थिक बर्षमा बजेट छुट्यार्इने उल्लेख गर्नुभयो। कार्यक्रममा नेपाल टेड्र युनियन कर्णालीका अध्यक्ष गोपालकृष्ण गिरीले कर्णाली प्रदेशमा ठूला आयोजनाहरु भएपनि स्थापना नगर्दा मजदुरहरु पलायन हुनुपर्ने बाध्यता रहेको बताउनुभयो। उहाँले स्थानिय स्तरमा रहेका वितिय संस्थानले मजदुरहरुलार्इ ऋण दिन आलटाल गर्ने गरेको भन्दै यसले मजदुरहरुलार्इ झनै समस्या हुने गरेको बताउनुभयो। कार्यक्रममा कर्णाली प्रदेशका १० जिल्लाका श्रमिकहरुको सहभागता रहेको थियो।



Milan Shrestha । ११ आश्विन २०७५, बिहीबार १८:०४ बजे