
माघ १७, सुर्खेत ।
विगत ८ वर्ष देखि अमेरिकामा बस्दै आएका गायक सुदन गैरेको बिल्कुलै नयाँ गीत डिजिटल बजारमा सार्वजनिक भएको छ। रमाइलो थिममा बनाइएको म्युजिक भिडियोमा धेरै पछि पल र एलिशा साथ देखिएका छन ।गायक सुदन गैरेको एकल गायन अनि संगीत सिर्जना समेत रहेको यस गीतमा प्रतिमा शर्माको शब्द रचना रहेको छ भने गीतमा प्रख्यात अनि सफल र चर्चित संगीतकार आशिष अविरलको एरेन्ज रहेको छ ।
रोमान्टिक नृत्य अनि आकर्षक प्रस्तुती सहित तयार भएको यस गीतको म्युजिक भिडियोलाई म्युजिक भिडियो निर्देशनमा सफल र अब्बल निर्देशक तथा चलचित्र समेत निर्देशन गर्दै आईरहेक निर्देशक सुब्रतराज आचार्यले निर्देशन गरेका हुन्। भिडियोलाई उत्सब दाहालले छायांकन गरेका छन र सम्पादन भारत रेग्मीको अनि कोरियोग्राफी गम्भीर बिस्टको रहेको छ ।



Milan Shrestha । १७ माघ २०७५, बिहीबार ०८:०९ बजे