
माघ १७, सुर्खेत ।
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले चढ्ने सरकारी गाडीमा माफिया सरकार मुर्दाबाद लेखेर सरकारको बिरोध गरिएको छ । नेपाल बिद्यार्थी संघका बिद्यार्थीहरुले मध्यपश्मिाञ्चल विश्वविद्यालयको कानून बिषय अध्यापन गराउने वीरेन्द्रनगरको तातोपानी स्थित नयाँ कलेजको उद्घाटन कार्यक्रममा सहभागी हुन गएका मुख्यमन्त्री शाहीको पार्किङ्गमा राखेको गाडीमा सरकारको बिरोधका रुपमा माफिया सरकार मुर्दाबाद लेखेका हुन् ।
स्कुल अफ ल को उद्घाटन कार्यक्रममा मुख्यमन्त्री शाही ब्यस्त भएको अबस्थामा पार्किङ्गमा राखिएको गाडीमा सुरक्षाकर्मीहरुको आँखा छलि बिद्यार्थीहरुले माफिया सरकार मुर्दाबाद लेखेर भागेका थिए ।
नेपाल बिद्यार्थी संघको केन्द्रिय समितिले तय गरेका बिरोधका कार्यक्रम अनुसार सरकारी गाडीलाई बन्देज गर्ने कार्यतालिका अनुसार कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीको गाडीमा माफिया सरकार मुर्दाबाद लेखीएको हो भने बिरोधकै क्रममा भोली प्रधानमन्त्रीको पुत्ला दहन गर्ने कार्यक्रम रहेको नेविसंघका केन्द्रिय सदस्य अनिल बहादुर शाहीले जानकारी दिएका छन ।




Milan Shrestha । १७ माघ २०७५, बिहीबार १५:४० बजे