अशोक राजी
१० माघ, सुर्खेत । वीरेन्द्रनगर १८ तातापानी स्थित एडभान्स एकेडेमी सुर्खेतमा आईतवार देखि खेलकुद सप्ताह शुरु भएको छ । एकेडेमीका संचालक समिति सचिव जीवन शाहीले दीप प्रज्वलन तथा छेलो प्रहार गरि खेलकुद सप्ताहको उद्घाटन गर्नु भएको थियो ।
सप्ताहव्यापी कार्यक्रमको उद्घाटन समारोहमा शुभकामना मन्तव्य व्यक्त गर्दै प्रमुख अतिथि शाहीले विद्यार्थीहरुको सर्वाङ्गिण विकासको लागि खेलकुद अपरिहार्य भएको बताउदै खेलले मानव जीवन शैलीमा अनुशासित र गतिशिलता प्रदान गर्न महत्वपूर्ण भमिका खेल्ने बताउनु भएको थियो । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्य मनु वली, पूर्व प्रिन्सिपल डिल्लकुमारी फौजा ले विद्याथीहरु लाई कर्तव्यनिष्ट भएर आफनो सहभागिता खेलकुद सप्तामा प्रदर्शन गर्नु अनुरोध गर्नु भएको थियो ।
माघ १५गते सम्म । हुने सप्ताहव्यापी कार्यक्रमको पहिलो दिन आइतबार तातो आलु, चम्चा दौड, मैन बत्ति दौड, म्युजिकल चियर खेल पहिलो माध्यामिक तह निम्न माध्यामिक तह प्राथामिक तह र पूर्व प्राथमिक तहका विद्यार्थीहरुको वेग्ला वेग्लै चरणमा विभिन्न खेलकुद कार्यक्रम संचालन गरिने प्राथमिक तह खेलकुद संयोजक यशोदा सिंहले ले बताउनु भएको छ ।
माध्यामिक तहका खेलकुद संयोजक प्रकाश आरसीको सहजिकरण तथा संचालनमा शुरु भएको कार्यक्रमको सभापतित्व एकेडेमीका प्राचार्य मणिराम देवकोटा गर्नु भएको थियो ।

Milan Shrestha । १० माघ २०७२, आईतवार १४:३१ बजे