कर्मचारी क्षमता अभिमुखिकरण


सुर्खैत,१८ कात्र्तिक ।
सुन्दरनेपाल संस्थाले बिहिबार एक कार्यक्रमको बिच संस्थाका कर्मचारीहरुलाई १ दिने क्षमता अभिमुखिकरण कार्यक्रम गरेको छ ।20161103_135950
सुन्दरनेपाल संस्थाका प्रमुख सल्लाहकार बुद्धि प्रसाद सापकोटाले उक्त कार्यक्रमको सहजीकरण गरेको थिए । सुन्दरनेपाल संस्था र यस संस्था अन्तर्गतका रहेका विभिन्न परियोजनाका कर्मचारीहरुको कार्यक्षमता, दक्षता अभिवृद्धि का साथै व्यक्तिगत र संस्थागत रुपमा आफ्नो कार्य र जिम्मेवारी बोध गर्नका लागी उक्त कार्यक्रमको आयोजना गरिएको हो ।
सुन्दर नेपाल संस्थाका अध्यक्ष हेमप्रकाश भुषालको सभापत्विमा सम्पन्न कार्यक्रममा अनुगमन तथा मूल्यांकन निर्दैशक शिवराज जैसी, कार्यकारी निर्दैशक भुपेन्द्र प्रसाद कडेंल, पहल परियोजनाका जिल्ला संयोजक भीमराज वास्तोला लगाएत सुन्दरनेपाल संस्था अन्तर्गत रहेका विभिन्न परियोजना प्रमुख एवंम् अधिकृतहरुको सहभागीता रहेको थियो ।