
म्याग्दी, असार ४ – म्याग्दीको दाना-२ स्थित रुप्से झरनामा तस्बिर खिच्ने क्रममा लडेर शनिबार एक युवकको ज्यान गएको छ ।
रुप्से झरनालाई पृष्ठभूमिमा पारेर तस्बिर खिच्ने क्रममा भिरबाट लडेर तनहुँको जामुने-७ का २४ वर्षका सन्तोष घिमिरेको ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरीका अनुसार साथीसँगै मुस्ताङ घुम्न जान हिँडेका घिमिरे आफ्नो तस्बिर खिच्ने क्रममा चिप्लिएर झरनाको तलाउमा खसेका थिए । उनको शव तलाउ बाहिर अड्किएको छ । प्रहरीका अनुसार घिमिरे एसबिआई बैंकको दमौली शाखाका कर्मचारी हुन् ।
शव रहेको ठाउँसम्म पुग्ने बाटो नभएकाले कठिनाइ भएको छ । नेपाली सेना र प्रहरीको टोलीले शवलाई बाहिर निकाल्ने प्रयास गरेका छन् ।
साभारः उज्यालो अनलाइन
Prawash Kumar Shakya । ४ असार २०७३, शनिबार १५:५१ बजे