
५ बैशाख, सुर्खेत । नेपाल पत्रकार महासंघको आह्वानमा देशभरका जिल्ला प्रशासन कार्यालयमा पत्रकारले धर्ना दिएका छन् । साइवर अपराध कानुन पत्रकारका लागि नभएको र प्रेस स्वतन्त्रता ग्यारेन्टी गर्नुपर्ने मागसहित ७७ जिल्ला प्रशासन कार्यालयमा आज बिहीबार एक घण्टा पत्रकारले धर्ना दिएका हुन् ।
यसैवीच सुर्खेतमा पनि पत्रकारहरुले जिल्ला प्रशासन कार्यालय सुर्खेत मा १ घण्टे धर्ना दिएका छन् ।
धर्ना कार्यक्रममा नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश संयोजक दुर्गा थापाले सरकारले मिडिया प्रति गरेको प्रहारलाई मध्यनजर गर्दै आफ्नो अधिकार प्राप्त गर्नकालागि पत्रकारहरु आन्दोलित भएको बताउनुभयो । उहाँले सुर्खेतका सहायक सिडियो विनिता भट्टराईले पत्रकारहरुलाई शान्तिपूर्ण धर्ना गर्न मुल द्वारमा जाननदिएको कार्यको खेद प्रकट गर्नुभयो ।
संविधान भन्दा बाहिर रहेर केही नसोची कानुन निर्माण गर्दा समस्या भएको हो । विधुतिय कारोवार ऐनको दफा ४७ र ४८ लाई खारेज गर्नुपर्ने संयोजक थापाले माग गर्नुभयो ।
त्यस्तै नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य कलेन्द्र सेजुवालले पत्रकार हरु निरन्तर हरेक कृयाकलापमा लागि रहेकाछन् तर संविधानको मर्म विपरित फरक कानुन बनाई अनलाइन पत्रकारिता रोक्न खोज्दै सरकारले प्रेस स्वतन्त्रताको खिल्ली उडाएको बताउनुभयो । उहाँले पत्रकारलाई डरत्रासको वातावरण बनाइएको जिकिर गर्नुभयो ।
त्यस्तै १ घण्टे धर्ना कार्यक्रमलाई समापन गर्दै नेपाल पत्रकार महासंघ सुर्खेतका अध्यक्ष गणेशकञ्चन भारतीले पक्राउ पर्नु भएका पोखराका ताण्डव साप्ताहिक र ताण्डव न्यूज डटकमका सम्पादक पत्रकार अर्जुन गिरीको निशर्त रिहाईको माग गर्दै सरकार कदमको घोर भत्सर्ना गर्नुभयो ।
स्मरणरहोस पोखराको ताण्डव साप्ताहिक र ताण्डव न्युज डटकमका सम्पादक अर्जुन गिरीलाई पोखराका व्यावसायी विपेन्द्रराज बतासले ठगी गरेको समाचार लेखेको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले नियन्त्रणमा लिएपछि पत्रकारहरू आन्दोलित भएकाहुन् ।
Prawash Kumar Shakya । ५ बैशाख २०७६, बिहीबार १४:३९ बजे