नेपाल लोक स्टार आइडल हुँदै


फोटो साभारः बुलबुले खबरबाट

२५ माघ, सुर्खेत । लोकगित संगितमा गित गाउनेहरुकालागि चाहाना मिडिया प्रा.लि.ले लोक स्टार कार्यक्रम गर्ने भएको छ । आउँदो फागुन फागुन १६ गतेबाट सुदुरपश्चिम प्रदेशबाट अडिसनको थालनी शुरु गर्ने चाहाना मिडियाले फागुन २० गते सुर्खेतमा कर्णाली प्रदेशका लागि अडिसन लिने आज (शुक्रवार) आयोजित पत्रकार सम्मेलनमा जनाएको छ ।

नेपालमा लुकेर रहेका लोकसंगित तथा स्वरहरुलाई उजागर गर्ने उदेश्यले लोक स्टारको आयोजना गरिएको चाहना मिडियाका अध्यक्ष सहदेव कोइरालाले जानकारी दिनुभयो । अडिसनवारे जानकारी दिँदै अध्यक्ष कोइरालाले वर्तमान प्रविधिको भिडमा लोक संगितलाई संरक्षण र जगेर्नाकालागि लोक स्टारको आयोजना गरिएको धारणा व्यक्त गर्नुभयो ।

लोक स्टारकालागि प्रमुख सल्लाहकारमा नेपाली लोक सम्राट कुमार बस्नेत, पत्रकार ऋषी धमला रहेका छन् । यसैगरी निर्णायकमा लोक संगित धरोहर जयनन्द लामा,  संगितकार तथा गायक बि.बि. अनुरागी, लोक गायक तथा मोडल रामजी खाँड, गायीका सुनिता दुलाल रहेनुभएको छ ।

प्रदेश तथा उत्कृष्ठ २० सम्म सम्पूर्ण अधिकार निर्णायकमा निहित रहने आयोजकले जनाएको छ । उत्कृष्ठ २० देखि १० सम्म ५०-५० प्रतिशत छनौट, उत्कृष्ठ १० देखि फाइनलसम्ममा निर्णायकको २० प्रतिशत र बाँकी ८० प्रतिशत पब्लिक भोटिङ्गको आधारमा रहने आयोजकले जनाएको छ ।

लोक आइडल ३० श्रृखलाको रहने आयोजकले जनाएको छ । कार्यक्रममा प्रथम हुनेलाई ५० लाख, दोस्रो हुनेलाई २५ लाख, तेस्रोलाई १० लाख तथा २ जनालाई सान्त्वना पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ । उल्लेखित रकमहरुमा कर समावेश गरिएको आयोजक चाहना मिडियाका अध्यक्ष कोइरालाले जानकारी दिनुभयो ।

कसरी भर्ने फारम?
लोक स्टार अडिसनकालागि चाहना मिडिया तथा नेपाल लोक स्टारको वेभसाइट chahanamedia.com र nepallokstar.com अथवा लोक स्टारको मोवाइल एप्स मार्फ फारम भर्न सकिन्छ । अथवा, आयोजकद्वारा प्रत्येक जिल्लामा तोकिएको संघसंस्था तथा मिडिया एजेन्सीहरुमा गई एक हजार रुपैयाको फारम शुल्क तिरी आवेदन दिन सकिन्छ । वेभसाइट तथा मोवाइल एप्स मार्फत आवेदन दिनेहरुको हकमा इसेवा मार्फत आवेदन शुल्क पठाउनुपर्ने आयोजकले जनाएको छ ।