पवित्र मनले सेवा गर्न कांग्रेसको आग्रह


असोज २१, कालीकोट ।

नेपाल नेत्र ज्योति संघ जिल्ला शाखा कालीकोटको नयाँ नेतृत्वलाई नेपाली कांग्रेस कालीकोटले बधाई तथा सम्मान गरेको छ ।

अन्धोपन निबारणका लागि महत्वपूर्ण भुमिका निर्बाह गर्दै पबित्र मनले सामाजिक सेवामा समर्पित हुन पनि कांग्रेस कालीकोटले नयाँ नेतृत्वलाई आग्रह गरेको छ ।

कांग्रेस सभापति हर्ष बम, निबर्तमान सभापति कालीबहादुर सहकारी, नेता अम्म शाही लगायतका नेताहरुले नेत्र ज्योती संघमा रहेर सामाजिक सेवामा समर्पित हुन आग्रह गरेका हुन ।

जिल्ला शाखाको खडानन्द पाण्डे (केपि) सभापति, हर्ष शाही, ऐनबहादुर शाही, अजबहादुर शाही, कटक शाही, कल शाही, मानबहादुर शाही, नन्द शाही, सुरेन्द्र शाही, कमल शाही, भानुभक्त संज्याल, कृष्ण पाण्डे र भरत शाही निर्बाचि हुनुभएको हो ।