कर्जा, व्यवसायमा लगानी गरे मात्र व्यक्ति खुशी बन्न सक्दछः प्रमुख अतिथि नेपाल


मिलन श्रेष्ठ
सुर्खेत,७ मंसिर । सहकारी र वित्तिय कारोवार गर्न संस्थाबाट लिईएको कर्जा व्यापार व्यवसायमा लगानी गरेमात्र व्यक्ति खुशी हुने कुरा वीरेन्द्रनगरमा शुक्रबार(आज) आयोजना भएको एक कार्यक्रमका प्रमुख अतिथिले उक्त कुरा औल्याउनु भएको हो ।

जीविकोपार्जनका आर्थिक समृद्धिका लागि योजनाबद्ध रुपमा व्यवसाय सञ्चालनबारे तालिममा प्रशिक्षण दिइने छ । व्यापार व्यवसायमा लगानी गर्नका साथै कसरी सञ्चालन गर्ने र लगानी गर्दा व्यवसायमा हुने गरेका फाईदा र चुनौती बारेमा राम्रो ज्ञान नहुदा लागनी असुरक्षित हुने भएकाले तालिम उपयोगी हुने पहल परियोजनाका केन्द्रिय बित्तिय प्रबन्धक अनिल नेपालले बताउनु भयो । उहांले लगानी कर्ता र कर्जा लिने व्यक्तिहरुलाई व्यवसायिक ज्ञान नहुनुले दिनानुदिन घाटा व्यहोर्नु पर्ने बताउनु भयो ।
कुनै पनि व्यक्तिले सहकारी संस्था होस् वा बैक क्षेत्रबाट लिइएको कर्जा अन्य बिलाषितामा खर्चिनु नहुने बताउनु भयो।

यूएस.ए.आईडिको आर्थिक सहयोग, पहल परियोजनाको व्यवस्थापन तथा सुन्दरनेपाल संस्था सुर्खेत र सेवक दैलेखको सहजीकरणमा संचालित कृषि, स्वास्थ्य तथा वैकल्पिक जीविकोपार्जन प्रवद्र्धन कार्यक्रम(पहल) अन्तर्गत सहकारीका पदाधिकारी तथा कर्मचारीहरुका लागि ३ दिने व्यवसायिक योजना निर्माण प्रशिक्षक, प्रशिक्षण तालिमका प्रमुख अतिथि एवंम् पहल परियोजनाका केन्द्रिय बित्तिय प्रबन्धक अनिल नेपालले उक्त कुरा बताउनु भएको हो ।

तालिमका सहजकर्ता राजु केसीले सहकारीका सदस्यहरुका लागी व्यवसाय सृजना तथा व्यवस्थापन सीप दिई कुशल प्रशिक्ष बनाउने रहेको बताउनु भयो। उहांले सहकारीका सदस्यहरुले कसरी व्यापार योजना तयार गर्ने, आम्दानी खर्चको हिसाब किताब सहि तरीकाले राख्न र बजार व्यवस्थापन सहित आवश्यक ऋण व्यवस्थापन कसरी गर्ने सम्बन्धमा ३ दिने तालिममका सिकाईने बताउनु भयो ।

सकारीका पदाधिकारी र कर्मचारीहरुका लागी संचालित ३ दिने व्यावसाय योजना निर्माण तालिममा सुर्खेतका ६ र दैलेखका ६ वटा सहकारीका पदाधिकारी एवंम् कर्मचारी गरी २३ जना सहभागी छन् ।
सुन्दर नेपाल संस्थाका कार्यकारी निर्देशक भुपेन्द्र कंडेलको अध्यक्षतामा उद्घाटन गरिएको तालिममा पहल परियोजनाका क्षेत्रीय सिनिएर बित्तिय सेवा अधिकृत बिश्वराज श्रेष्ठ, पहल परियोजनका जिल्ला संयोजक भीमराज वास्तोला, सेवक संस्था दैलेखका सचिव प्रेमप्रसाद दाहाल लगायतको उपस्थित थियो ।
सेवक दैलेखका वित्तिय सेवा अधिकृत चन्द्रप्रसाद शर्माले उद्घाटन कार्यक्रममा सहजीकरण गर्नु भएको थियो । शुक्रबारदेखि शुरु भएको ३ दिने तालिम ९ गते आईतबार समापन हुनेछ ।