
सुर्खेत, १३ असोज । जिल्ला सहकारी संघका अध्यक्ष अमृत बिसीले कुनैबेला एक हजार रुपैयाका लागी साहु–महाजनको हली हुनुपथ्र्यो भने अहिले सहकारीका कारण त्यो अवस्था नरहेको र सहकारीले आफ्ना शेयर सदस्यहरुलाई लाखौं रुपैया लगानी गरेर जिवनस्तर उकास्न मद्धत गरको छ । ’ साहुमहाजनले सय रुपैयाको पांच रुपैया व्याज लिएर गरिबको खुसी खोसेको भएपनी अहिले देशभर सहकारीले जनताको मुहारमा खुसी थपेको बताए ।
विसीले सहकार्य र योजनाबद्ध काम गरे सरकारले सहकारीको आश मान्ने दिन आउने बताएका छन् । शनीबार श्री आलोपालो बचत तथा ऋण सहकारी संस्थाको ११ औं बार्षिक साधारण सभामा बोल्दै उनले यस्तो बताएका हुन् ।
यसै गरी कार्यक्रममा बोल्दै श्री शुभलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाका सचिब उत्तम आचार्यले सहकारी सानो–सानो पुंजीको संकलन केन्द्र भएको बताउदै सहकारीले बृद्ध, एकल र विद्यार्थीलाई सम्मान गर्ने कार्य गरेकोमा खुशी व्यक्त गरे ।
त्यस्तै सहकारीले संधै झै यो वर्ष पनी शेयर सदस्य मध्येका २५ जना बृद्ध– बृद्धा तथा एकल महिलाका साथै कक्षा ८ र एसईई मा सर्वोउत्कृष्ट अंक ल्याउने शेरधनीका ५ जना बालबालीकालाई सम्मान गरको छ । आगामी दिनमा स्नातक तथा स्नातकोत्तर पास गर्ने शेयरधनी तथा शेयरधनीका छोरा–छोरीलाई पनि सम्मान गरिने श्री आलोपालो बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष जगत बिसी बताएका छन् ।
उनले भने ‘ स्नातक तथा स्नातकोत्तर पास गर्ने शेयरधनी तथा शेयरधनीको छोराछोरीलाई सम्मान गर्ने निर्णय साधारण सभाबाट पास भएको छ । यो विशेषगरी पढ्नका लागी उत्प्रेरीत गर्नेका लागी गरिएको हो ।’
संस्थाले आर्थिक वर्ष २०७४÷७५ मा ११ करोड, १० लाख ३३ हजार ४ सयको वार्षीक कारोबार गरेको थियो भने सहकारीका सचिव कुलबहादुर खत्रीले संस्थाको वार्षिक प्रगती प्रतीवेदन तथा आगामी वर्षको प्रस्तावित कार्यक्रमहरु प्रस्तुत गरेका थिए ।



Milan Shrestha । १३ आश्विन २०७५, शनिबार २३:२६ बजे