आजबाट सुर्खेतमा महिला जेसिज सप्ताह शुभारम्भ


१२ जेठ, सुर्खेत । सुर्खेत महिला जेसिजले आजदेखि सप्ताहव्यापी कार्यक्रमको शुभारम्भ गरेको छ । सप्ताहको पहिलो दिन आज स्लो स्कूट ड्राइभ प्रतियोगिता गरेर शुभारम्भ गरेको हो ।

समारोहमा मुख्य अतिथि वीरेन्द्रनगर नगरकार्य पालिकाका प्रमुख देवकुमार सुबेदीले रिवन काटेर कार्यक्रमलाई शुभारम्भ गर्दै सुर्खेत महिला जेसिज सामाजिक कार्यमा अगाडी बढ्दै गइरहेकोमा प्रशंसा गर्नुभयो ।

सप्ताहव्यापी कार्यक्रम अन्तरगत आज स्लो स्कूटी ड्राइभ प्रतियोगित गरिएको थियो भने १३ गते छालको हेरचाह सम्बन्धी प्रशिक्षण १४ गते वक्तृतत्वकला प्रतियोगिता १५ गते दन्त परिक्षण १६ गते शैक्षिक सामाग्री र खाजा हस्तान्तरण र १९ गते सम्मान कार्यक्रम, मम (आमा) नृत्य प्रतियोगिता र समापन कार्यक्रम रहेको सुर्खेत महिला जेसिजका बर्ष २०१८का अध्यक्ष जेसी कृति गुभाजु शाक्यले बताउनुभयो ।

आज सम्पन्न स्लो डाइभ स्कूटी प्रतियोगितामा धनु राम्जाली प्रथम हिमा मल्ल दृतिय र तुलसी थापाले तृतिय स्थान हासिल गर्नुभएको भएको थियो ।

आजका कार्यक्रमका संयोजक जेसी करुणा मल्लको सभापतित्वमा सम्पन्न कार्यक्रममा निर्णायक प्रवाशकुमार शाक्य हुनुहुन्थ्यो भने कार्यक्रमलाई यामाहा मोटरसाइकलको सुर्खेतकालागि अधिकृत विक्रेता डेनिस अटो सप, होण्डा मोटरसाइकलको सुर्खेतकालागि अधिकृत विक्रेता न्यू बुलबुले अटो सेल्स तथा भेष्पा स्कूटीले सहयोग गरेको सुर्खेत महिला जेसिज बर्ष २०१८का महासचिव लक्ष्मी कार्की प्रधान (सिया) ले बताउनुभयो ।