बौद्ध को २ दिने गोष्ठी समापन


bb

१० असार सुर्खेत, गुर्भाकोट नगरपालिका ९ बोटेचौरमा संचालित केन्द्र प्रमुखहरुको गोष्ठी आज समापन भएको छ ।

कार्यक्रमका प्रमुख अतिथी वडा नं. ९का वडा अध्यक्ष शशि भट्टराईले बौद्ध सहकारीले गाउँगाउँमा गरिवी निवारण गर्ने काम सहयोग पु¥याएको हुनाले आफुले लिइएको ऋणलाई चनाखो भई सही  ठाउमा प्रयोग गरेमा जीवनस्तर परिवर्तन हुने बताउनुभयो ।

त्यस्तै कार्यक्रमका सभापति संस्थाका अध्यक्ष पञ्चसिंह रोकायाले संस्थाका कर्मचारीहरुले गाउँगाउँमा समूह बनाई सदस्यहरुलाई जीवनस्तरलाई परिवर्तन कसरी गर्न सकिन्छ भन्ने कुरालाई जोड दिदै गाउँगाउँमा सहकारी घरघरमा रोजगारी भन्ने नारालाई सार्थक बनाउकालागि बौद्ध सहकारी लागि परेको बताउनुभयो ।

त्यस्तै कार्यक्रममा वीरेन्द्रनगर समाजसेवी जीवनकुमार शाक्यले सदस्य रहे संस्था रहने र संस्था रहे सदस्य रहने हुने दुबै जनाले विश्वासको वातावरण बनाई काम गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा संस्थाका सचिव पासाङ महतराले संस्थाले दिएको ऋणलाई बाख्रापालन, कुखुरा पालन गाईभैसी पालन, तरकारी खेती जस्ता कृषि कार्यमा लगानी गरे राम्रो आम्दानी गर्न सकिने बताउनुभयो । ५५ जना केन्द्र प्रमुखहरुको सहभागिता रहेको गोष्ठीमा संस्थाका कोषाध्यक्ष जवानसिंह बुढाले आफ्नो मन्तब्य राख्नुभएको थियो भने कार्यक्रमको संचालन संस्थाका बरिष्ठ प्रबन्धक विशाल के.सी. ले गर्नुभएको थियो ।