३ जेठ, सुर्खेत । विश्वव्यापी तिब्रगतीमा फैलिरहेको कोरोना भाइरस (कोभिड-१९) को थप ९ जना संक्रमण पुष्टी भएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय ७६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रेस विज्ञप्ती मार्फत जनाएको छ ।
संक्रमितहरु कपिलवस्तुका २५, ३४ र ४४ बर्षिय पुरुष, बर्दियाका २८ बर्षिय महिला, सिराहाका ३० बर्षिय पुरुष, पर्सा वीरगंजका २८ र २९ बर्षिय पुरुष, सर्लाहीका १८ बर्षिय महिला र चितवनका २५ बर्षिय महिला रहेको मन्त्रालयले जनाएको छ ।





Prawash Kumar Shakya । ३ जेष्ठ २०७७, शनिबार ११:०० बजे