जुम्ली आकाशमा प्याराग्लाइडिङ्ग उडाए पोखरेलीले


फागुन ५, जुम्ला ।

जुम्ला जिल्लाको तातोपानी गाउँपालिका वडा नं. ५ का टक्क नेपालीले बनाएको प्याराग्लाईडिङ्ग पोखराका पाईलटले जुम्लामै पुगेर उडाएका छन् । नेपालीले युटुव हेरेर जुम्लामै प्याराग्लाईडिङ्ग निर्माण गरेका प्याराग्लाईडिङ्ग निर्माणकर्ता नेपालीको गाउँ माथिको डाडाँबाट पोखरेली पाइलटले प्याराग्लाईड उडाएका हुन् ।

लगातार दुई दिन सम्म प्याराग्लाईडिङ्ग उडान भरेका पाइलटले जुम्लामा प्याराग्लाईडिङ्गको संभावना रहेको प्रतिक्रिया दिएकाछन् । पोखरा सरानकोटमा लामो समय देखि उडान गर्दै आइरहेका एक्रोबेटिक पाइलट सुवास थापा, रमेश पहाडी, सुरज गौतम र प्रविण केसीले प्याराग्लाईडिङ्गको नियमित उडानले यहाँको पर्यटन क्षेत्रमा शोभा बढ्ने बताएका छन् भने दुई दिनमा ९ वटा उडान भएका छन् ।

पाईलट ल्याउनको लागि ४ लाख रुपैया खर्चेका नेपालीले तातोपानी गाउँपालिकाले सहयोग गरेकोमा खुसी ब्यक्त गर्दै आगामी दिनमा व्यवसायीक उडानका लागि पहल थालिने उनले बताएका छन् ।