काँग्रेसको जागरण सभा सुर्खेत लगाएत देशभर शुरु


२५ बैशाख, सुर्खेत । नेपाली काँग्रेसले आजदेखी देखि सुर्खेत सहित देशभर हिमाल, पहाड, तराई–मधेस काँग्रेस राष्ट्रिय जागरण अभियान सुरु गरेको छ ।

जागरण अभियानको आज एक कार्यक्रमका बिच पाटी कार्यालय सुर्खेतमा केन्द्रिय कोषाध्यक्ष सितादेवी यादवले उद्घाटन गर्दै अभियानको शुरुवात गर्नुभएको हो । उद्घाटनगर्दै कोषाध्यक्ष यादबले जागरण अभियानले काँग्रेसलाई एक ढिक्का भएर अगाडी बढ्नमा मद्दत पुर्याउने विश्वास व्यक्त गर्नुभयो । उहाँले काँग्रेस अहिले ईतिहासमै अफ्ठ्यारो र चुनौतीपुर्ण अवस्थामा पुगेको भन्दै भावनात्मक रुपलले एक हुनुको विकल्प नभएको बताउनुभयो ।

कोपाध्यक्ष यादवले देशमा संबैधानिक अधिक्रमण बढ्दैगएको प्रति चिन्ता प्रकट गर्दै यसै कै विरुद्ध जागरण अभियान संञ्चालन गरेको बताउनुभयो । उहाँले दुई तिहाईको दम्भले लोकतन्त्रिक पार्टी काँग्रेस माथी प्रधानमन्त्रीले नै संसदमा हेपेर बोलेको भन्दै आपत्ती जनाउनुभयो । उहाँले नयाँ संरचना अनुसार तयार पारेको विधान उत्कृष्ट रहेको भन्दै कोषाध्यक्ष पदलाई मनोनित गर्ने काम दुखद भएको टिप्पणी गर्नुभयो ।

कार्यक्रममा केन्द्रिय प्रतिनिधि जिवनबहादुर शाहीले काँग्रेसका कम्जोरीहरु पत्ता लगाएर अगाडी बढ्ने समय आएको बताउनुभयो । उहाँले जागरण अभियानले काँग्रेसलाई पुनर्ताजकिय बनाउ मद्द्त पुर्याउने भन्दै काँग्रेसले गरेका राम्रा कार्यहरु जनतासम्म पुर्याउन नेता तथा कार्यकर्तलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा केन्द्रिय महिला प्रतिनिधि भावना शाहीले बर्तमान सरकार जनताको हित विपरित चल्न नसकेको भन्दै यसका विरुद्ध आफुहरुले जागरण अभियान संञ्चालन गरेको बताउनुभयो । उहाँले देशमा दन्डहिन्ता, भ्रष्ट्रचार, महिला हिँसा मौलाउदै गएको भन्दै सरकार टुलुटुलु हेरेर बसेको आरोप लगाउनुभयो ।

कार्यक्रममा क्षेत्रिय सभापती नारायण कोईलाले वर्तमान सरकारले काण्डैकाण्ड निम्ताएको आरोप लागाउनुभयो । उहाँले संसदिय व्यवस्था विपरित सरकार अगाडी बढेको भन्दै यसका विरुद्ध जागरण अभियान थालिएको उल्लेख गर्नुभयो ।

कार्यक्रम काँग्रेस सुर्खेका सभापति कमलराज रेग्मीको सभापतित्वमा सम्पन्न भएको थियो।

यसैबीच नेपाली काँग्रेसका केन्द्रिय सदस्य हृदयराम थानीले काँग्रेसलाई शसक्त बनाउन सबै एकजुट भएर लाग्नुपर्नेमा जोडदिनुभएको छ । दैलेखमा भएको जागरण अभियानको उद्घाटन गर्दै नेता थानीले विगतका तिक्तता हटाएर अगाडी बढ्ने समय आएको उल्लेख गर्नुभयो । केन्द्रिय प्रतिनिधि समेत रहनुभएका थानीले अहिलेको राजनिति काँग्रेसकै वरिपरी घुमिरहेको टिप्पणी गर्नुभयो । नेता थानीले दुई तिहाईको सरकारको गतिविधि विरुद्ध आन्दोलनका लागी तयारी रहन नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभयो ।

कार्यक्रममा पुर्व राज्यमन्त्री गणेश बहादुर खड्का, पुर्व साँसद रंगबहादुर शाही,पुर्वपाटी सभापती जंगबहादुर थापाले संगठन विस्तारमा लाग्न नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभयो । कार्यक्रम जिल्ला सभापति कृष्ण विसीको सभापतित्वमा समपन्न भएको थियो ।