
५ फागुन, सुर्खेत । वीरेन्द्रनगर नगरपालिका वडा नं ९ ले शिव माध्यमिक विद्यालय लाटीकोइली सुर्खेतको समन्वयमा आज (आइतवार) देखि लाटीकोइलीको शिव माध्यमिक विद्यालय अगाडी वडामा रहेका कृषकहरुकालागि तरकारी संकलन तथा विक्री केन्द्र खोलेको छ ।
वीरेन्द्रनगर नगरपालिका नगरप्रमुख देवकुमार सुवेदीले रिवन काटेर तथा स्थानीय समाजसेवी डम्वरविक्रम जिसीले व्यानर अनावरण गरेर केन्द्रको शुभारम्भ गर्नुभएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि नगरप्रमुख देवकुमार सुवेदीले “अहिलेको अवस्था कृषकहरुकालागि जटिल छ, कृषिकालागि खेती योग्य जग्गा प्लटिङ्गले सकिदैंछ त्यसैले पहिला व्यापार गर्नकालागि योजना बनाउनुस अनी मात्र सफल भइने बताउनुभयो ।
यहीको शिव माध्यमिक विद्यालयमा कृषि जेटिए अध्ययन हुने हुँदा विद्यार्थीहरुलाई ओजेटी गर्नकालागि अन्त नपठाइ कृषक समूहमा पठाउन सके धेरै राम्रो हुन सक्छ । यो वडा पर्यटकिय मात्र नभै खेतीकालागि पनि त्यति कै महत्वपूर्ण रहेकोले वडाका सम्पूर्ण कृषकहरुलाई सम्पूर्ण कुराको अध्ययन गरि खेतीमा लाग्न नगरप्रमुख सुवेदीले अनुरोध गर्नुभयो ।
त्यस्तै समाजसेवी डम्मरविक्रम जिसीले कृषकहरुको तरकारीहरुलाई उचित मूल्य दिइनुपर्ने बताउनुभयो ।
कार्यक्रममा शिव माध्यमिक विद्यालयका प्रअ चन्द्रलाल सापकोटोले “हाम्रो विद्यालयमा कृषिको पढाइ हुन्छ अब यो कार्यक्रममले अध्ययनमा अझै मद्दत पुग्ने बताउनुभयो ।
त्यस्तै कार्यक्रममा वडा नं ९ का अध्यक्ष सुरेश मानन्धरले कृषकहरुको जीवनस्तर उकास्नकालागि वडाले विद्यालय संग समन्वय गरि कृषकहरुले प्रत्यक्ष मुनाफा पाउन भन्ने हेतुले तरकारी संकलन तथा विक्री केन्द्रको शुरुवात गरेको यस्लाइ अझै विस्तार गर्नकालागि खरिदकर्ताहरु संग पनि सहकार्य गर्ने बताउँदै उहाँले “सम्पूर्ण वडाबासीहरुलाई यस संकलन तथा विक्री केन्द्रबाट स्वच्छ तथा ताजा तरकारी उपभोग गर्न अनुरोध गर्नुभयो ।”
Prawash Kumar Shakya । ५ फाल्गुन २०७५, आईतवार १६:३८ बजे