सुर्खेत, १२ माघ । लगाम–४ पाखेरे बस्ने २७ वर्षीया पुष्पा पुनको हँसिया तथा ढुंगा प्रहारबाट मृत्यु भएको छ । आफ्नै घरमा सोमबार भाडा माझ्ने क्रममा आमाजु नाता पर्ने कैलाली सुगरखाल–२ बस्ने ३५ बर्षीया जमुना घर्तीले हसिया र ढुंगा प्रहार गर्दा गम्भीर घाइते भएकी उनलाई उपचारको लागि सदरमुकामतर्फ लैजाने क्रममा बाटैमा मृत्यु भएको थियो । घटनापछि फरार रहेकी जमुना घर्तीको खोजतलास गर्नुृको साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । यस्तै खुकुरी प्रहार गरी ज्यान मारेको अभियोगमा सल्यानको गर्पा–३ बस्ने ४५ वर्षीय कालीराम बुढालाई प्रहरीले पक्राउ गरेको छ । बुढाले सोमबार सोही ठाउँ बस्ने मान बहादुर पुनको घरमा झाक्री बसालेको हेरिरहेका ५० वर्षीय तारा प्रसाद डाँगीलाई खकुरीले घाँटीमा हान्दा डाँगीको घटनासथलमै मृत्यु भएको थियो ।
Source: free Nepal news network
Source: free Nepal news network



Milan Shrestha । १२ माघ २०७२, मंगलवार १३:१२ बजे