प्रजातन्त्रवादी चिकित्सक संघ कर्णाली प्रदेशको संयोजकमा केसी चयन


२६ चैत्र, सुर्खेत । प्रजातन्त्रवादी चिकित्सक संघ कर्णाली प्रदेशको संयोजकमा डाक्टर नवराज केसी चयन हुनुभएको छ ।

प्रदेश राजधानी वीरेन्द्रनगरमा भएको संघको कर्णाली प्रदेशको कार्यसमिति पदस्थापनाको कार्यक्रमबाट नयाँ कार्यसमिति चयन गरिएको हो ।

त्यस्तै प्रदेश उप–संयोजकमा डा. सुशिल समदर्शी, डा. शुभ श्रेष्ठ, डा. कमल थानी, डा. किशोर विष्ट र प्रदेश महासचिवमा डा. विकास खड्का, सचिवमा डा. रोशन श्रेष्ठ, डा. तुफानसिं कठायत र कोषध्यक्षमा डा. कृतिका थापा (श्रेष्ठ) सर्वसम्मत चयन हुनुभएको छ ।

यस्तै सदस्यहरूमा डा. शक्ति सुवेदी, डा. रोशनी खत्री, डा. सुवास शर्मा, डा. धर्मराज रेग्मी, डा. पारस पौडेल, डा. अर्चना कार्की र डा. जीवन ज्ञवाली चयन हुनुभएको छ भने वरिष्ठ सल्लाहकार संयोजकमा प्रा.डा डम्बर खड्का, सल्लाहकारमा डा. सञ्जु खड्का र डा. विकास केसी रहनुभएको छ ।