
सुर्खेत १५ फागुन । एकाउन्टिबिलिटि ल्याबको आयोजना तथा तन्नेरी चासो सुर्खेतको समन्वयमा “हर स्टोरी स्क्रिनिङ तथा प्यानल डिस्कसन कार्यक्रम विरेन्द्रनगर आज (बुधवार) सम्पन्न भएको छ । कार्यक्रममा देशमा परिस्थितिमा महिलाहरुको समस्या चुनौति र अवसर तथा बास्तविकतामा आधारित छ वटा सट मुभि देखाएर तिनैमाथि छलफल र बहस तथा समाधानको बाटोमाथि बहस गरिएको छ । यसरी महिलाहरु माथिको समस्या समाधान सम्बन्धि गरिएको बहस सुर्खेतमै पहिलो पटक भएको आयोजकले जानकारी दिएको छ ।
कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख मोहनमाया ढकाल, मध्यपश्चिमाञ्चल विश्व विद्यालयका उपप्रध्यापक रेशम विष्ट , पत्रकार तथा महिला अधिकार कर्मी टिका विष्ट र वीरेन्द्रनगर नगरपालिकाका सिनियर अनमि सीताले सहजीकरण गर्नु भएको थियो ।
महिलाहरु बिदेशिनु परेको बाध्यता , तेस्रो लिङगिप्रति समाजको नजर , दलित तथा अन्य समुदायको प्रतिनिधित्वमा प्रश्न , महिलाहरु माथि लाग्ने गरेका विभिन्न रोग र उक्त रोगले ल्याएको बाध्यता , महिनावारी र गर्भवती हुदाँ सामिजिक संस्कारले पारेको असर , महिला जनप्रतिनिधीको बाध्यता र चुनौती लगाएतसंग सम्बन्धित मुभिहरु प्रदर्शन पश्चात महिलाहरु माथि देखिएका विभिन्न समस्याहरुको समाधानमा को बारेमा छलफल गरिएको थियो ।

वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख मोहनमाया ढकालले परम्परागत कुप्रथा र कुसंस्कार हामिले चाहेर पनि रोक्न नसकेको बताएकि छन । उपप्रमुख ढकालले महिला जनप्रतिनिधिहरुलाई हरेक क्षेत्रबाट सहयोग गरेमात्र महिलाहरुले सफलता र समृद्वी हासिल गर्न सकिने बताउनु भएको छ । समयले कोल्ते फेरी सक्दा पनि महिलाहरुले गृहणी सहित जनप्रतिनिधीको दोहोरो जिम्मेवारी पुरा गर्नुपरेको बाध्यता रहेको ढकालले बताउनु भयो साथै फरक प्रसंगमा उपप्रमुख ढकालले जनप्रतिनिधीले भौतिक काम नभइ कानुन निर्माण गर्नुपर्ने मुख्य कुरा भएको दावि गर्नुभयो ।
यस्तै कार्यक्रममा बोल्दै महिला पत्रकार तथा महिला अधिकार कर्मी टिका विष्टले सबैले आ–आफ्नो क्षेत्रमा सहज प्रतिनिधित्व गर्नुपर्ने बताउनु भयो । विष्टले महिला तथा दलितको जुन रुपमा प्रतिनिधित्व हुनुपर्ने हो त्यो नभएको बताउनु भएको छ ।
कार्यक्रममा प्रदर्शन गरिएको महिला जनप्रतिनिधीले आफु निर्वाचनमा जान श्रीमानले गालि गरेको र नाम राखिदिएर चुनाव जितिसकेपछी बल्ल थाहा पाएको भिडियोमाथि बहस गर्दै विष्टले आरक्षणले सुनिच्श्तितता गरेकोले मात्रै यो समंभव भएको र यस्तो समस्यामा रहेका महिलालाइ सबैको सहयोगमा नेतृत्व गर्न सक्षम बनाउन सकिने जिकिर गरिन । “ हामिले भान्सादेखी नितिनिर्माण गर्दासम्म पुग्नुपर्ने ?त्यो हामिलाइ सहज छैन “ विष्टले थप्नु भयो ।
कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका सिनिएर अनमी सिता शर्माले कार्यक्रममा प्रदर्शन गरिएको ’ गर्भवती भएकि महिलालाई कर्मचारी नराखिएको दृश्यमाथी जोड दिदै यदि उक्त स्थानमा महिला भएको भए महिलाहरुको पिडा सहजै बुझ्ने र समस्यामा कमि आउने कुरा बताउनु भयो । भिडियो प्रर्दशनि कार्यक्रममा महिला जनप्रतिनिधीहरु, महिला पत्रकार एवंम् युवा महिला लगाएत ६५ जना भन्दा बढि को सहभागिता भएको थियो ।



Milan Shrestha । १५ फाल्गुन २०७५, बुधबार १९:५३ बजे