साक्षर कक्षाले बद्लिएको जीवन


 

सुर्खेत, १७ असोज । नेटाकी तिला खत्रीलाई कुनै समय दश रुपैया समेत श्रीमान्संग माग्नु पथ्यो । तिलाको विहे भएको ६ वर्ष भयो । उनको सानो सानो घरखर्च चलाउदा समेत श्रीमान्को भर पर्नु पर्ने अवस्था थियो । तर अहिले भने उनी आफै आत्मनिर्भर भएकी छिन् । उनी जब २६+१ दिने वित्तिय साक्षरता कक्षामा सहभागि भइन् उनको जीवनले नया मोड लियो ।

सारक्षता कक्षामा सहभागि भए पछि व्यापार व्यवसाय कसरी गर्ने भन्ने कुराको जानकारी पाए पछि उनले आफ्नै व्यापार व्यवसाय सुरु गरिन् । सुर्खेत, ११ असोज । नेटाकी तिला खत्रीलाई कुनै समय दश रुपैया समेत श्रीमान्संग माग्नु पथ्यो । तिलाको विहे भएको ६ वर्ष भयो । उनको सानो सानो घरखर्च चलाउदा समेत श्रीमान्को भर पर्नु पर्ने अवस्था थियो । तर अहिले भने उनी आफै आत्मनिर्भर भएकी छिन् । उनी जब २६+१ दिने वित्तिय साक्षरता कक्षामा सहभागि भइन् उनको जीवनले नया मोड लियो । सारक्षता कक्षामा सहभागि भए पछि व्यापार व्यवसाय कसरी गर्ने भन्ने कुराको जानकारी पाए पछि उनले आफ्नै व्यापार व्यवसाय सुरु गरिन् । चाहिएको बेला दश रुपैया समेत श्रीमान्संग माग्ने तिला अहिले भने घरमा सासु, ससुरा, श्रीमान् र दुई छोरा सहितका परिवारको खर्च चलाउन सक्ने भएकी छिन् । तिला व्यापार व्यवसायमा व्यस्त हुन्छिन् उनका श्रीमानले नेटाको स्कुलमा पढाउछन् ।

वित्तिय साक्षरता कक्षामा सहभागि भए पछि उनले सहकारी संस्थामा शेयर सदस्यता लिएको बताइन् । सानो सानो बचतले पनि परेको समयमा सहयोग गर्छ भन्ने सम्म थाहा पाएकी तिलाले अहिले सहकारीमा बचत समेत गर्ने गरेकी छिन् । अहिले उनले सहकारीमा बतच मात्र होइन खुत्रुके बचत पनि गर्ने गरेको बताइन् । खुट्क्रे बचतमा उनले अहिले पहिलो महिनामा १९ हजार दोस्रो महिनामा घटेर १० हजार र तेस्रो महिनामा २१ हजार गरी हाल सम्म ५० हजार बचत गरिसकेको बताइन् । उनले सहकारीबाट ३० हजार ऋण लिएर व्यसायमा सुरु गरेकी हुन् । अहिले उनले ३० हजार बाट सुरु गरेको कपडा पसल सहित टेलरिंगको काम पनि साथैमा गरेकी छिन् । शुरुमा ३ महिना टेलरिंग काम सिकेर काम कसरी गर्ने भन्ने अलमलमा परेकी तिलालाई पहल परियोजनाको बैकल्पिक जीविको पार्जन अन्तर्गत तालिम लिए पछि व्यवसाय गर्ने तरीका थाहा पाएको उनको भनाई छ । उनले भनिन्, ‘पहिला व्यवसाय गर्न ज्यादै कठिन थियो कसरी गर्ने भन्ने अलमलमा थिए तर अहिले पहल कार्यक्रम अन्तगर्त सारक्षरता कक्षामा सहभागि भए पछि व्यसायमा बृद्धि भएको छ, आफैले कपडा पसल गर्ने भएको हुदा कपडा सिलाउदा बिग्रियो भने पनि कपडा पाईन्छ भन्ने सोच भएर ग्राहकहरुमा बृद्धि भएको छ ।’

सुरुमा ३० हजारबाट सुरु गरेको कपडा पसल अहिले ५ लाख सम्म लगानी गर्न सक्ने भएको तिला बताउछिन् । साहुहरुसंग ४ प्रतिशतमा ऋण लिए पनि व्यापार व्यवसायबाट नै साहुहरुको ऋण तिपरसकेको उनले बताइन् । बित्तिय साक्षरता कक्षा पढेर व्यवसाय कसरी गर्ने अनि आम्दानी र खर्च कति हो सो कुराको अभिलेख सम्म राख्न जान्ने भएको तिला बताउछिन् । तिलाको हाल सिलाईबाट मात्र दिनमा ५ सय रुपैया देखि एक हजार सम्मको व्यापार हुन्छ । पहल परियोजना अन्तर्गत बित्तिय साक्षरता कक्षाले आफुलाई व्यवसाय गर्नमा थप मानोवल दिएको तिलाको भनाई छ । बित्तिय साक्षरता कक्षाले आफुलाई मात्र नभई गाउ घरका धेरै दिदी बहिनीहरुलाई ठुलो मद्दत पुगेको उनले बताइन् । सहकारीमा खुत्रुके बचत मात्र नभई बाल बचत र अन्य बचत सम्म संचालन गरे राम्रो हुने उनले बताइन् । बित्तिय साक्षरता कक्षामा सहभागि भएपछि अब आफुले साहु बाट चर्काे व्याज दरमा पैसा ल्याएर चलाउनु पर्ने बाध्यता हटेको उनले बताइन् ।

तिला जस्तै  धारापानीकी दुर्गा कुमारी वलीलाई पनि कुनै समय श्रीमान् तथा परिवारका अन्य पुरुष सदस्यहरूको कमाईमा घरखर्च टार्नु पर्ने बाध्यता थियो । सामान्य खर्चका लागि समेत श्रीमान्को कमाईमा भर पर्दै आएकी दुर्गा यतिबेला भने आफ्नो खर्चको जोहो आफैले गर्न थालेकी छिन् । वि.एड पास गरेकी दुर्गाका श्रीमान् ओभर सिएरका काम गर्छन् । दुई छोराको पढाई खर्च समेत आफ्नै व्यवसायबाट निकाल्ने गर्छिन् । जब उनी २६+१ दिने वित्तिय साक्षरता कक्षामा सहभागि भइन् तव उनको जीवनले नया मोड लियो ।

वित्तिय साक्षरता कक्षा पश्चात नै उनले गत बैशाख महिनामा सहकारी संस्थामा शेयर सदस्यता लिइन् । सहकारीमा एक हजार ८ सयको शेयर लिएर उनले चार हजार पाँच सय रुपैया समेत बचत गरिन्  । सहकारीबाट उनले २० हजार रुपैयाँ ऋण लिएर सुरु गरेको व्यवसायले नै उनको जीवन परिवर्तन गरिदियो । पहलको वित्तिय साक्षरता कक्षा लिए पछि सहकारीमा  सदस्य बनेर ऋण लिइ व्यवसाय बृद्धि गरेकोे उनको भनाई छ ।दुर्गाले  सालमा श्रीमानलाई दुई लाख खर्च गरेर बिदेश गएको बिदेश पठाइन् । तर उनका  मेडिकल फेल भए पछि दुई महिना मै नेपाल फर्किनु प¥यो । विदेशबाट फर्किए पछि अहिले उनका श्रीमान् ओभर सिएरको रुपमा कार्यरत छन् । श्रीमान्लाई विदेश पठाउदाको ऋण दुर्गाले अहिले सम्म व्यवसायबाट तिर्दै छिन् ।

२६ दिनको वित्तिय साक्षरता कक्षा लिए पछि आफुले धेरै कुराको जानकारी पाएको दुर्गाले बताइन् । दैनिकी फजुल खर्चमा कम गर्नु पर्ने, बिदेश जांदा बुझेर मात्र जानु पर्ने जस्ता कुराहरु पहिला थाहा नपाएको भन्दै उनले अब जुनसुकै काम गर्दा पनि अगाडि सबै प्रकृया बुझेर मात्र काम गर्ने बताइन् । उनले भनिन्, ‘मैले मात्र नभई धेरै दिदी बिहिनीहरुलाई बित्तिय साक्षरता कक्षाले सहयोग गरेको छ ।’ हामीले पहिला रेमिटान्सको पैसा फजुल खर्च गरिरहेका रहेछौ अब थाहा भयो आज भोली फजुल खर्च भएको छैन । त्यति मात्र होइन दुर्गाले जुनसुकै व्यापार गर्दा पनि पहिला योजना बनाएर व्यसाय गर्दा राम्रो हुने उनले पलह कार्यक्रम अन्तगर्तको साक्षरता कक्षा लिए पछि मात्र थाहा पाएको बताइन् ।

अहिले उनले व्यवसाय बाहेक ३० वटा कुखुरा र चार वटा बाख्रा पालेकी छिन् ।  पहिला आर्थिक रुपमा श्रीमान्को भर पर्नु पर्ने दुर्गालाई अहिले श्रीमान्ले पैसा नपठाए पनि आफुले घर खर्च गर्न सक्ने भएकी छिन् । बित्तिय साक्षरता कक्षामा सहभागि भए पछि उनलाई आफुले ऋण लिदा साहु बाट भन्दा पनि औपचारिक संस्था सहकारीबाट कर्जा लिएमा ब्याजमा फरक रहेको जानकारी पाएको बताइन् ।

साभारः नारीजागरण ।