
१७ फागुन, सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतबाट सञ्चालित सामाजिक सञ्चाल फेसबुक ग्रुप “मोटे ग्याङ्ग नेपाल”ले मृगौला रोगबाट पिडित वीरेन्द्रनगर ५ निवासी ३ बर्षिय बाल समिर वि.क.को उपचारकालागि सहयोगको अपिल गरेको छ ।
बाल समिरको उपचारमा हाल सम्म करिव ५ लाख खर्च भैसकेको र एउटा मृगौलाको शल्यक्रिया गर्नुपर्ने भएकोले सहयोगी मनहरुलाई साथदिन हुन सामाजिक सञ्जाल फेसबुक ग्रुप “मोटे ग्याङ्ग नेपाल” मार्फत अपिल गरेको ग्रुपका एडमिन कुमार सम्सेर थापाले बताउनुभयो।
पारिवारिक अवस्था निकै नै दयनीय भएकोले पनि सहयोगी मनहरुलाई सहयोग गर्न एडमिन थापाले आग्रह गर्नुभएको छ ।



Prawash Kumar Shakya । १७ फाल्गुन २०७५, शुक्रबार २२:१२ बजे