१८ महिने स्वास्थ्य तालिम कार्यक्रम खारेजमा गम्भीर ध्यानाकर्षण


१२ भाद्र, सुर्खेत । सरकारले मुलुकभर सञ्चालनमा रहेको चिकित्सा शिक्षा सम्बन्धी CMA ANM Lab Assistant र आयुर्वेद लगाएत TSLC/ SEE स्तरका १८ महिने स्वास्थ्य तालिम कार्यक्रम खारेज गरेपछि निजि प्राविधिक शिक्षालय महासंघले गम्भीर ध्यानाकर्षण भएको विज्ञप्ती मार्फत जनाएको छ ।

महासंघले शैक्षिक सत्र सञ्चालन भैरहेको अवस्थामा हठात र षडयन्त्र पूर्वक आकस्मिक रुपमा बन्द गरेकोमा आपत्ति जनाएको छ ।

विज्ञप्तीमा खारेज गरिएका कार्यक्रमहरुलाई न्याय संगतरुपमा व्यवस्थापन गरि निर्णय सच्याउन प्रधानमन्त्री र शिक्षा मन्त्री आग्रह गरिएको छ ।