३२ जेठ, सुर्खेत । विश्वव्यापी तिब्रगतिमा फैलिरहैको कोरोना भाइरस कोभिड १९ बाट आज कर्णाली प्रदेशमा ५२ जनामा संक्रमण भएको पुष्टी भएको छ । यो संगै कर्णालीमा संक्रमितहरुको संख्या ९६७ पुगेको छ भने आज अधिराज्यभर ४२५ जनामा संक्रमण पुष्टी भएको छ । यस संगै नेपालमा संक्रमितको संख्या ५७६० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
कर्णालीका नयाँ संक्रमितहरु सुर्खेत जिल्लाका १५ र दैलेख जिल्लाका ३७ जना र जस्मा १ जना महिला रहेको सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशले जनाएको छ ।



Prawash Kumar Shakya । ३२ जेष्ठ २०७७, आईतवार १४:४५ बजे